जनकपुरः तीव्र गतिमा रहेको ट्रयाक्टर पुलमा खस्यो
सो दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको ईलाका प्रहरी कार्यालय औरहीले जनाएको छ । ट्रयाक्टर अझै नदीमै रहेको बताइएको छ ।
२०७८ पुस ३ शनिबार, बिहान १०:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि लगत्तै रहेको धनौजीमा ट्रयाक्टर पल्टेर नदीमा खसेको छ ।
धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नम्बर २ गौरहदाहास्थित तीव्र गतिमा गईरहेको ट्रयाक्टर पल्टेर सोही ठाउँमा रहेको नदीमा खसेको स्थानीयहरुले जनाएका छन् ।
बिहान करिब ५ बजेको समयमा धनुषाको लखौरीबाट परवाहा जाने क्रममा अधिक स्पीडका कारण दुर्घटना भएको स्थानीयहरुले जनाएका छन् । प्रत्यदर्शीहरुका अनुसार, ट्रयाक्टर एक बालक चलाउँदै थिए ।
अन्दाजी १६ बर्षिय एक बालकले चलाएको सो ट्रयाक्टर तीव्र गतिमा परवाहा तर्फ गईरहँदा सोही ठाउँमा रहेको कलभर्ट पूलमा पल्टिएर नदीमा खसेको प्रत्यक्षदर्शीहरुले जनाएको छ ।
सो दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको ईलाका प्रहरी कार्यालय औरहीले जनाएको छ । ट्रयाक्टर अझै नदीमै रहेको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
मुकेश पण्डित
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…