एमालेका प्रत्यासी अध्यक्ष र वडाध्यक्ष नै बालविवाहमा अगुवा
उनले भने, “अहिले हाम्रो समुदायमा को कस्को जन्मदर्ता वा नागरिकता हेरेर विहे गर्छन ? उनको बुवालाई सोध्दा २० वा २१ भएको बताउँदै आएका थिए, गाउँले हिसाबले हामी विधिमा सहभागी जनायौं, त्यति मात्र हो । यसमा पार्टीगत हिसाबले मुछन खोजेको मात्र हो ।”
२०७८ साउन २ शनिबार, बिहान १०:०७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । १५ बर्षिय किशोरीलाई ५० बर्षे अधवैँसे पुरुषसँग विहे प्रकरणमा स्थानीय एमालेका प्रत्यासी गाउँपालिका अध्यक्ष र वडाध्यक्षले नै अगुवाई गरेको बताइएको छ ।
किशोरी पक्ष विपन्न परिवार भएकोले धनुषाको धनौजी गाउँपालिकाका एमालेका अध्यक्षका प्रत्यासी राजकुमार यादव र वडाध्यक्षका प्रत्यासी बिमला मण्डलले नै बीचमा अगुवाको भूमिका खेलेपछि किशोरीलाई बिहे गर्न दबाब दिइएको बुझिएको छ ।
धनौजी गाउँपालिका वडा नं. ४ भडरियास्थित एक १५ बर्षिय किशोरीलाई ५० बर्षिय पुरुषसँग विवाह गर्नको लागि यादव र मण्डलको प्रत्यक्ष सहभागीतामा ५० बर्षे पुरुषसँग १५ बर्षिय किशोरीको विवाह तय भएको बताइएको छ ।
बेहुलाले झुठो बोलेर विवाह गर्न थालेपछि विहेकै दिन उनको रहस्य खुलेको थियो । रहस्य खुलेपछि विवाह गर्नबाट इन्कार गरेकी किशोरीलाई बेहुला पक्षबाट कुटपिट समेत गरिएको बताइएको छ । यी सबैको प्रत्यक्षदर्शी पनि प्रत्यासी अध्यक्ष यादव रहेको आरोप लगाइएको छ ।
बेहुला पक्षले किशोरी सहित उनका आफन्तजनहरुलाई समेत कुटपिट गर्न थालेपछि प्रहरीलाई खवर गरिएको थियो । प्रहरीको नाम सुन्ने वित्तिकै बेहुला पक्ष सहित दलाल बनेका यादव र मण्डल समेत त्यहाँबाट भागेका थिए ।
किशोरीको आफन्तजनलाई कुटपिट गर्न थालेपछि प्रहरी बोलाउने भनेपछि उनीहरु भागेको बताइएको छ । विवाहको लागि बेहुला पक्षले किशोरी पक्षलाई झुठो बोलेर फकाएका थिए ।
यता, बालविवाह गराएको आरोप लागेको प्रत्यासी अध्यक्ष राजकुमार यादव र वडाध्यक्ष विमल मण्डलले यसमा राजनीतिक स्टन्ट मात्र भएको बताएका छन् । उनीहरुले आफूहरु समाजिक हिसाबले विहेको भोजमा मात्र सहभागीता जनाएपछि राजनीतिक हिसाबले फँसाउन खोजेको दाबी गरे ।
न्यूज ब्यूरोसँगको कुराकानीमा यादवले विहेको लागि किशोरीकी बुवाले नै सबै थोक व्यवस्थापन गरी मटकोर, पूजापाठ, फलदान सहित आफैँ तय गरेको बताए । उनले आफूहरु मात्र सहभागीता जनाएको र आफूलाई किशोरीको उमेरको बारेमा जानकारी नभएकै कारण सहभागी भएको बताए ।
उनले भने, “अहिले हाम्रो समुदायमा को कस्को जन्मदर्ता वा नागरिकता हेरेर विहे गर्छन ? उनको बुवालाई सोध्दा २० वा २१ भएको बताउँदै आएका थिए, गाउँले हिसाबले हामी विधिमा सहभागी जनायौं, त्यति मात्र हो । यसमा पार्टीगत हिसाबले मुछन खोजेको मात्र हो ।”
गत विहिबार किशोरीलाई कुटपिट गर्दै जबरदस्ती विहेको लागि बेहुला पक्षले दबाब दिएको थियो भने विहे हुन पाएनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…