जनकपुरदेखि कमलासम्मको हुलाकी सडकमा ताबडतोड चल्यो डोजर, सडकमा भएको संरचनामाथि धमाधम खाली
हुलाकी राजमार्ग आयोजना तथा सडक विभागको विशेष सक्रियतामा जनकपुरदेखि कमला नदीसम्मको हुलाकी सडकमा राखिएको समाग्री, संरचनामाथि डोजर चलाईएको हो ।

२०८३ कार्तिक १९ बिहीबार, दिउँसो ४:२४ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको कदमचोकदेखि कमला नदीसम्मको हुलाकी सडकमा धमाधम डोजर चल्न थालेको छ ।
हुलाकी राजमार्ग आयोजना तथा सडक विभागको विशेष सक्रियतामा जनकपुरदेखि कमला नदीसम्मको हुलाकी सडकमा राखिएको समाग्री, संरचनामाथि डोजर चलाईएको हो ।
प्रथम चरणमा कमला नगरपालिकाको वडा नं. ४ सघारादेखि तिनकोरियासम्म डोजर चलेको हो । अहिले कमला नगरपालिकाको वडा नं. ३ लगमा बजार, माचि झिटकैयामा प्रहरी प्रशासन लगाएर डोजर चलाईएको हो । यसको लागि विगत तीनदेखि नियमित अनाउन्स गरिएको थियो ।
हुलाकी सडकमा थुपारिएको निर्माण समाग्री, राखिएको कठघारा, पसल, संरचनाहरु खाली गर्न प्रचार गरिएको थियो । अटेरी गर्नेहरुको संरचनामाथि डोजर चलाईएको हुलाकी राजमार्ग आयोजना जनकपुरले जनाएको छ ।
हुलाकी सडकको दुवै तर्फको सडक खाली गर्ने क्रम जारी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…