विजया दशमीदेखि बेपत्ता जनकपुरका ७ वर्षीय बालक साकेत झा धानखेतमा मृत भेटिए
घटनाको प्रकृति र कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०८३ कार्तिक १४ शनिबार, बेलुकी ७:१२ बजे१ मिनेट पढाइ
न्यूज ब्युरो, जनकपुरधाम । धनुषाको नगराइन नगरपालिका वडा नं. ७ देवडिहाका १० दिनदेखि बेपत्ता ७ वर्षीय बालक मृत फेला परेका छन् ।
स्थानीय अजय झाका छोरा साकेत झाको शव घरदेखि करिब अढाई किलोमिटर उत्तरतर्फ रहेको धानखेतमा फेला परेको हो ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार केहीबेरअघि धानखेतमा बालकको शव फेला परेको हो । घटनास्थल पुगेर प्रहरीले अनुसन्धान सुरु गरेको उनले जानकारी दिए ।
गत कात्तिक ४ गते दशैंको टीकाका दिन घरबाट निस्किएका साकेत त्यसपछि बेपत्ता भएका थिए । बालक बेपत्ता भएपछि परिवारजन र प्रहरीले निरन्तर खोजी गर्दै आएका थिए ।
प्रहरीले नजिकका गाउँ, पोखरी, झाडी तथा सम्भावित स्थानमा खोजी गरे पनि बालकको अवस्था पत्ता लगाउन सकेको थिएन ।
बालकको शव फेला परेपछि घटनाले नयाँ मोड लिएको छ । बालकको हत्या भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । घटनाको प्रकृति र कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…