भारतबाट मोटरसाइकलमा लुकाएर ल्याइएको ३० लाखसहित एक जना पक्राउ, थप १४ लाख बरामद
बरामद रकमको स्रोत, कारोबारको प्रकृति तथा यसमा संलग्न अन्य व्यक्तिहरूको भूमिकाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

२०८३ कार्तिक १९ बिहीबार, बिहान १०:५१ बजे२ मिनेट पढाइ
अभिमनु पटेल, रौतहट। रौतहट प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको नगद रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। भारतबाट मोटरसाइकलमा लुकाएर नेपाल भित्र्याउँदै गरेको अवस्थामा ३० लाख रुपैयाँ र गौरस्थित एक व्यापारिक प्रतिष्ठानमा खानतलासी गर्दा थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार २०८३ साल कात्तिक १८ गते दिउँसो करिब ३स्३० बजेको समयमा रौतहटको ईशनाथ नगरपालिका–४, महुलियास्थित काली मन्दिर नजिक भारतबाट मठिया–महुलिया आउने सडकखण्डमा प्रहरी चौकी मठिया महुलियाबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँच गरिरहेको थियो।
सोही क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको नेपाली नम्बर प्लेटको मोटरसाइकल ९म।प्र। ०५–००१ प ०५७८० रोकी जाँच गर्दा मोटरसाइकल चालक भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला, फुलबरिया ग्राम वडा नं. १३ निवासी करिब ३० वर्षीय सनि कुमार जैसवालको साथबाट स्रोत नखुलेको ३० लाख रुपैयाँ फेला परेको थियो।
प्रहरीका अनुसार जैसवालले झोलामा तथा मोटरसाइकलको इन्धन ट्याङ्कीमुनि फल्स बटम ९लुकाउने गोप्य ठाउँ० बनाई उक्त रकम लुकाएर ल्याउँदै गरेका थिए।
प्रहरीले नगद रकम, मोटरसाइकल र एक थान स्मार्ट मोबाइलसहित उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहट पठाएको थियो।
प्रहरी कार्यालयमा प्रारम्भिक सोधपुछका क्रममा उक्त रकम गौर नगरपालिका–१ स्थित न्यु तराई ट्रेडर्सका सञ्चालक करिब ५१ वर्षीय शेख कमरुललाई बुझाउन ल्याएको भन्ने खुलेपछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक जीवनकुमार मैनालीको कमाण्डमा अर्को टोली उक्त व्यापारिक प्रतिष्ठानमा पुगेको थियो।
प्रहरी टोलीले न्यु तराई ट्रेडर्समा खानतलासी गर्दा थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद गरेको थियो। उक्त रकमसहित प्रतिष्ठानका सञ्चालक शेख कमरुललाई समेत नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
यसरी भारतबाट ल्याइएको ३० लाख रुपैयाँ र व्यापारिक प्रतिष्ठानबाट बरामद भएको १४ लाख ६४ हजार ६०५ रुपैयाँ गरी कुल ४४ लाख ६४ हजार ६०५ रुपैयाँ प्रहरीले बरामद गरेको छ।
बरामद रकमको स्रोत, कारोबारको प्रकृति तथा यसमा संलग्न अन्य व्यक्तिहरूको भूमिकाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…