रौतहटमा चल्यो गोली, युवकको शरिरमा ६ वटा छर्रा गोली, अवस्था गम्भिर
घटनास्थलबाट ७.६२ एमएम पेस्तोलका तीनवटा खाली खोका बरामद

२०८३ कार्तिक १८ बुधबार, बिहान ८:११ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, रौतहट । रौतहटको गौरमा अज्ञात समूहले गोली प्रहार गर्दा एक युवक गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौर नगरपालिका–४ गढवा टोलस्थित पानी ट्यांकी नजिक गएराति करिब ९ः१५ बजे गोली प्रहार हुँदा स्थानीय २८ वर्षीय राकेश यादव घाइते भएका हुन्।
गोलीका छर्रा लागेर यादवको ढाडमा तीन, दाहिने पाखुरामा एक तथा दुवै खुट्टामा दुई गरी ६ स्थानमा चोट लागेको प्रहरीले जनाएको छ।
घाइते यादवलाई तत्काल प्रादेशिक अस्पताल गौर पुर्याइएको थियो। त्यहाँबाट थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घटनास्थलबाट ७.६२ एमएम पेस्तोलका तीनवटा खाली खोका बरामद भएको छ। गोली प्रहार गर्ने समूहको पहिचान तथा घटनाको कारण खुल्न नसकेको र प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…