मोहीको जग्गा मिलाइदिने भन्दै एक लाख घुस, मालपोतका नायब सुब्बा पक्राउ
पक्राउ परेका तिमिल्सिनामाथि थप अनुसन्धान भइरहेको छ ।

२०८३ कार्तिक १८ बुधबार, बेलुकी ७:३३ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको भूमि प्रशासन कार्यालय (मालपोत) मा कार्यरत एक नायब सुब्बा एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले बुधबार बिहान करिब १० बजे प्रशासन फाँटमा कार्यरत नायब सुब्बा निर्मल तिमिल्सिनालाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।
आयोगका अनुसार तिमिल्सिनाले मोहीसम्बन्धी जग्गाको काम मिलाइदिने भन्दै सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस मागेका थिए । सोही रकम लिइरहेको अवस्थामा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको बताइएको छ ।
पक्राउ परेका तिमिल्सिनामाथि थप अनुसन्धान भइरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…