नेपाल रेलवे बोर्डले माग्यो 'रेल चालक', ३५ दिनभित्र आवेदन दिनुपर्ने
नेपालमा रेल सेवा सञ्चालनका लागि दक्ष जनशक्तिको आवश्यकता बढिरहेका बेला बोर्डले रेल चालकको सूचीकरण प्रक्रिया अघि बढाएको हो ।
२०८३ कार्तिक १६ सोमबार, बिहान ९:१७ बजे१ मिनेट पढाइ
न्यूज ब्युरो, जनकपुरधाम । नेपाल रेलवे बोर्डले रेल सेवा सञ्चालनका लागि नेपाली रेल चालक (लोको पाइलट) को सूचीकरण गर्न आवेदन माग गरेको छ ।
बोर्डले २०८३ कार्तिक १६ गते सूचना जारी गर्दै इच्छुक, दक्ष, योग्य तथा अनुभवी नेपाली नागरिकलाई ३५ दिनभित्र आवेदन पेस गर्न आह्वान गरेको हो ।
सूचनाअनुसार रेल चालकका रूपमा सूचीकरण हुन चाहने आवेदकले नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र, मान्यताप्राप्त संस्थाबाट जारी रेल चालकको लाइसेन्स तथा अनुभव र तालिमको प्रमाणपत्र पेस गर्नुपर्नेछ ।

आवेदन दिने अन्तिम मिति २०८३ मंसिर २१ गते तोकिएको सूचनामा उल्लेख छ । इच्छुक व्यक्तिले नेपाल रेलवे बोर्डको केन्द्रीय कार्यालयमा आवेदन बुझाउन सक्नेछन् ।
थप जानकारीका लागि बोर्डले सम्पर्क इमेल drowkathmandu!@gmail.com उपलब्ध गराएको छ ।
नेपालमा रेल सेवा सञ्चालनका लागि दक्ष जनशक्तिको आवश्यकता बढिरहेका बेला बोर्डले रेल चालकको सूचीकरण प्रक्रिया अघि बढाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
Aadarsh Singh
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…