धनुषाको सबैलामा ‘बोक्सी’ भन्दै महिलामाथि निर्घात कुटपिट, एक पुरुष पक्राउ
उक्त कसुर प्रमाणित भएमा पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।
२०८३ कार्तिक १४ शनिबार, राति ८:१५ बजे१ मिनेट पढाइ
न्यूज ब्युरो, जनकपुरधाम । धनुषाको सबैला नगरपालिका–४ पठेर्वामा ‘बोक्सी’को आरोप लगाउँदै एक महिलामाथि निर्घात कुटपिट गरिएको घटना सार्वजनिक भएको छ ।
महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले ३० वर्षीय बरहम मुखियालाई पक्राउ गरेको छ ।
प्रारम्भिक विवरणअनुसार मुखियाले महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको बताइएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
बोक्सीको आरोप लगाउने तथा त्यस्तो आरोपमा अपमान, यातना वा अमानवीय व्यवहार गर्ने कार्यलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १६८ ले कसुर मानेको छ ।
उक्त कसुर प्रमाणित भएमा पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
शम्भु पण्डित
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…