सुनसरी हिन्दु-मुस्लिम विवादः गोलबजारका रास्वपा( घण्टी) वडा सभापति दानिश खान पक्राउ
यी दाबीहरू पुष्टि भइसकेका छैनन् । अडियो र सिसिटिभी फुटेजको आधिकारिक परीक्षण तथा अनुसन्धानबाट मात्रै घटनामा कसको कस्तो भूमिका थियो भन्ने यकिन हुन सक्छ ।

२०८३ कार्तिक १० मंगलबार, बिहान ९:१५ बजे१ मिनेट पढाइ
न्यूज ब्युरो, सिरहा । सिरहाको गोलबजारमा दुई समुदायबीच भएको तोडफोड तथा आगजनीको घटनामा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोलबजार नगरपालिका–११ का वडा सभापति दानिश खान पक्राउ परेका छन् । सार्वजनिक शान्तिविरुद्धको कसुरमा उनलाई गोलबजार क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
गत साउन १४ गते भएको उक्त घटनामा खानको मुख्य भूमिका रहेको आरोप लगाउँदै करिब दुई महिनाअघि उनीविरुद्ध जाहेरी दर्ता भएको थियो । पक्राउ परेका खानलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकका अनुसार, सोही घटनासम्बन्धी मुद्दामा गोलबजार नगरपालिका–११ का वडा अध्यक्ष सोहेब अनवरलाई पनि प्रहरीले गए राति पक्राउ गरेको थियो ।
घटनामा खानको भूमिका र वडा अध्यक्ष अनवरको संलग्नताबारे भने फरक दाबी सार्वजनिक भएका छन् । उपलब्ध रहेको भनिएको अडियो र सिसिटिभी दृश्यलाई आधार बनाउँदै घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने मागसमेत उठेको छ ।
दाबीअनुसार, अडियोमा दानिश खानले बलकावाका मुस्लिम युवाहरूलाई गोलबजारतर्फ जान उक्साएको सुनिने बताइएको छ । त्यस्तै, एउटा सिसिटिभी दृश्यमा वडा अध्यक्ष सोहेब अनवरले बलकावाका युवाहरूलाई गाली गर्दै सम्झाएर घर फर्काउने प्रयास गरेको देखिने दाबी गरिएको छ ।
यी दाबीहरू पुष्टि भइसकेका छैनन् । अडियो र सिसिटिभी फुटेजको आधिकारिक परीक्षण तथा अनुसन्धानबाट मात्रै घटनामा कसको कस्तो भूमिका थियो भन्ने यकिन हुन सक्छ ।
घटनामा कसको भूमिका मुख्य थियो र कसको संलग्नता थियो वा थिएन भन्ने विषय निष्पक्ष अनुसन्धानबाट स्पष्ट हुनुपर्ने देखिन्छ । प्रहरीले दुवै जनालाई पक्राउ गरेपछि घटनाको पृष्ठभूमि, तोडफोड तथा आगजनीमा संलग्न व्यक्तिहरू र घटनाअघिको गतिविधिबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…