नेपाल–भारत बोर्डर आज र भोली पूर्ण रुपमा बन्द, आवतजावत गर्न नपाउने
आजदेखि बन्द गरिएको बोर्डर भोली बेलुकी ८ बजेसम्मको लागि बन्द भएको जनाईएको छ । भारत बिहारसँग जोडिएको सीमानाका आज र भोली बन्द रहने भएको छ ।

२०८३ कार्तिक ५ बिहीबार, बिहान १०:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भारतको बिहारमा विधान परिषद् सदस्य (एमएलसी) निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा नाका २४ घण्टाका लागि बन्द गरिएको छ ।
नेपाल प्रहरीले दिएको जानकारीअनुसार सीमा बन्द गरिएपछि नेपालबाट भारत र भारतबाट नेपालतर्फ हुने आवतजावत रोकिएको छ ।
बिहारमा भोली अक्टोबर २३ मा विधान परिषद्का आठ सिटका लागि मतदान हुँदैछ । निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको हो ।
सीमा बन्दको अवधिमा सर्वसाधारणको आवतजावत प्रभावित हुने भएकाले भारततर्फ जाने वा नेपाल फर्किने यात्रुले सम्बन्धित सुरक्षा निकायसँग आवश्यक जानकारी लिएर यात्रा गर्न आग्रह गरिएको छ ।
आजदेखि बन्द गरिएको बोर्डर भोली बेलुकी ८ बजेसम्मको लागि बन्द भएको जनाईएको छ । भारत बिहारसँग जोडिएको सीमानाका आज र भोली बन्द रहने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।













टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…