सिरहाको गोलबजारमा जातीय विद्वेष र आगजनीको आरोपमा कासिन्द्र यादव पक्राउ, हिन्दुवादी संगठनले गरे विरोध

२०८३ असोज १६ शुक्रबार
बिहान ०८:१६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । गोलबजार नगरपालिका–७ का कासिन्द्र यादवलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गत साउन १४ गते गोलबजारमा भएको साम्प्रदायिक दंगा, आगजनी, हुलदङ्गा तथा जातीय विद्वेष फैलाएर शान्ति भंग गरेको आरोपमा यादवलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार यादवसहित ४६ जनाविरुद्ध यसअघि नै मुद्दा दर्ता गरी पक्राउ पुर्जी जारी गरिएको थियो । पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यादव पक्राउ परेपछि विभिन्न हिन्दुवादी संगठनले विरोध जनाएका छन् । उनीहरूले यादवसहित पक्राउ परेका तीनै जनालाई रिहा गर्न माग गरेका छन् ।

प्रहरीले भने पक्राउ परेकामाथि लागेको आरोपबारे अनुसन्धान भइरहेको जनाएको छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाधाममा राष्ट्रिय बाणिज्य बैँकको शाखा विस्तार 

  • २०८३ असोज १६ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको नयाँ शाखा धनुषाको ऐतिहासिक धनुषाधाममा सञ्चालनमा आएको छ । बैंकको १३८ औं शाखाको रुपमा धनुषाधाममा पनि सेवा प्रारम्भ गरिएको रा.बा. बैंकले जनाएको छ

पूरा पढ्नुहोस्

Bureau Menus