सिरहामा शिवपार्वती मन्दिरमा चोरी, भोलेनाथको हात भाँचेर चाँदीको बलिया (बाला) चोरी

२०८३ भदौ २९ सोमबार
रति ८:०१ बजे


न्यूज ब्यूरो, सिरहा । सिरहामा अवस्थित शिव पार्वती मन्दिरमा रहेको प्रतिमाबाट चाँदीको बाला चोरी भएको छ । 

गएराती नै मन्दिरमा रहेको शिवको मूर्तिबाट चाँदीको बाला चोरी भएको स्थानीयहरुले जनाएको छ । सिरहाको सिरहा नगरपालिका वडा नं. १५ सुखचैनास्थित  हिन्दुहरुको आस्थाको केन्द्र रहेको मन्दिरबाट शिवजीको हातमा श्रद्धालुले चढाएको चाँदीको बाला हात फोडेर लगेको जनाइएको छ । 

शिवको प्रतिमाको हात भाँचेर बाला निकालिएको स्थानीयहरुले जनाएको छ । एक श्रद्धालुले चाँदीको मोटो बाला चढाएको थियो । मन्दिरमा भाकल पूरा भएपछि बाला चढाएकोमा अज्ञात व्यक्तिले चोरी गरी लगेको हो । 

स्थानीयहरुले मूर्तिको हात भाँचेर बाला चोरी गरेको घटना प्रहरीलाई बताएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सरकारी कर्मचारीलाई हनी ट्र्यापमा पारेर २७ लाख असुलेको आरोप, महिला पुर्पक्षका लागि जेल चलान

  • २०८३ भदौ २९ सोमबार

न्यूज ब्यूरो, काठमाडौं । उच्च तहका सरकारी कर्मचारीलाई हनी ट्र्यापमा पारेर धम्की दिँदै २७ लाख रुपैयाँ असुलेको आरोपमा एक महिला पुर्पक्षका लागि कारागार चलान भएकी छन् । कारागार चलान हुनेमा रामेछाप घर

पूरा पढ्नुहोस्

Bureau Menus