धनुषाका प्रहरी एसपी रुपेश खडका १ नं. का दलाल, घुसखोर र भ्रष्टाचारी हुनः रास्वपा सभापति यादव
दलाल, भ्रष्टाचारी, घुसखोर जस्ता शब्दले सम्बोधन गरेपछि धनुषा ३ का साँसद मनिष झा हाँसिरहेको
२०८३ कार्तिक १० मंगलबार, बिहान ८:३९ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धनुषा जिल्ला सभापति लक्ष्मेश्वर यादवले धनुषाका प्रहरी एसपीमाथि गम्भिर आरोप लगाएका छन् ।
रास्वपाको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै रास्वपाका जिल्ला सभापति यादवले जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रुपेश खडकालाई भ्रष्टाचारी, दलाल, घुसखोर भनेर सम्बोधन गरेपछि खैलाबैला मच्चिएको हो ।
सार्वजनिक कार्यक्रमको क्रममा नेपाल प्रहरी जस्तो गरिमामय संगठनका धनुषा प्रमुखप्रति दलाल, भ्रष्टाचारी, घुसखोर जस्ता शब्दले सम्बोधन गरेपछि धनुषा ३ का साँसद मनिष झा हाँसिरहेको देखिएको छ । उनीसँगै बसेका रास्वपाका जनकपुर नगरका नेता अम्बु प्रसाद साह, जीतेन्द्र महासेठ लगायतका नेताहरु बसेको देखिएको छ ।
लक्ष्मेश्वर यादवले धनुषाका एसपीको बारेमा यस्तो अभिव्यक्ति दिरहँदा त्यहाँ बसेका रास्वपाका कार्यकर्ताहरुले तालि बजाइरहेको ४५ सेकेण्डको भिडियोमा देखिएको छ ।
यता, जिल्ला प्रहरी प्रमुख रुपेश खडकाले एक प्रेस विज्ञप्ति जारी गर्दै आफूमाथि लागेको आरोप पूर्णरुपमा निराधार रहेको बताएका छन् । सोमबार एक कार्यक्रममा रास्वपाका जिल्ला सभापति यादवले बोलेको शब्दप्रति भत्र्सना गर्दै एसपी खडकाले साबित गर्न चुनौति समेत दिएका हुन् ।
यस्तै प्रकरणमा सर्लाहीका पूर्व साँसद प्रमोद यादवमाथि गालीगलौजको मुद्दा लगाउँदै पक्राउ गरिएको थियो । यादवले एसपीसँग तथानाम गाली गलौज गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
Aadarsh Singh
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…