धनुषामा गएराती एक महिलाको घाँटी रेटेर विभत्स हत्या, श्रीमान रुखमा झुण्डिएको अवस्थामा भेटिए
घटनाको थप विवरण आउन बाँकी छ ।

२०८३ कार्तिक ८ आइतबार, बिहान ७:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा गएराती एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको खवर प्राप्त भएको छ ।
धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नं. ३ मिथिलेश्वर मौवाहीमा एक महिलाको गएराती हत्या भएको स्थानीयहरुले जनाएको छ । सोही ठाउँमा बस्दै आएकी ३० बर्षिय रिना यादवको घाँटी रेटिएको अवस्थामा शव फेला परेको हो ।
माईतमै बस्दै आएकी रिनाको गएराती नै हत्या भएको स्थानीयहरुले जनाएको छ । उनको एक बच्चाको खुट्टामा घाउ लागेको एक स्थानीयले बताए ।
रिनासँगै घरज्वाई बस्दै आएका धनुषा गणेशमान चारनाथ नगरपालिका वडा नं. ४ भरतपुर बस्ने ३५ बर्षिय उमेश यादव (उनका श्रीमान) मृत अवस्थामा भेटिएका छन् । गाउँभन्दा केही पर खेतको एक रुखमा झुण्डिएको अवस्थामा स्थानीयहरुले फेला पारेका हुन् ।
केही दिन अगाडी मात्र विदेशबाट आएका उनका श्रीमानसँग झगडा भएको कारण घटना भएको हुन सक्ने स्थानीयहरुले आशंका गरेका छन् । यद्यपी, जिल्ला प्रहरी कार्यालय धनुषाले केही बेर अगाडी मात्र प्रहरी घटनास्थल पुगेकोले केही समयमा जानकारी दिने बताएको छ ।
मृतक रिनाको शवलाई पोष्टमार्टमको लागि जनकपुर प्रादेशिक अस्पताल पठाएको छ भने थप अनुसन्धान प्रक्रिया तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।
घटनाको थप विवरण आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…