सबैलाको मेलाः बन्दुक लिएर ओँरकेष्ट्रामा नाच्ने धनुषाकी नाजिमा खातुन पक्राउ
ओरकेष्ट्रा कार्यक्रममा खातुनलाई ममता नाम राखिएको थियो । उनी ममताको नामले परिचय गराउँछिन् ।
२०८३ कार्तिक ६ शुक्रबार, दिउँसो २:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा सार्वजनिक स्थानमा अश्लील नृत्य गरेको भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गरेको आरोपमा एक युवती पक्राउ परेकी छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार नगराइन नगरपालिका–६ बस्ने अन्दाजी २५ वर्षीया युवती नाजिमा खातुनलाई पक्राउ गरिएको हो । उनले सार्वजनिक स्थानमा अश्लील नृत्य गरेको भिडियो बनाई सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीका अनुसार उक्त भिडियो सार्वजनिक भएपछि युवतीलाई नियन्त्रणमा लिइएको हो । उनलाई मिति २०८३ कात्तिक ४ गते राति करिब ११ः३० बजे गणेशमान चारनाथ नगरपालिका–९ बरमझियाबाट प्रहरी टोलीले नियन्त्रणमा लिएको विज्ञप्तिमा जनाइएको छ ।

सबैला वडा नं. ४ पटेर्वामा ओरकेष्ट्रा नाचेपछि पुनः नाचको लागि बरमझिया गएको बेला उनलाई पक्राउ गरिएको हो । भिडियो्मा देखिएका युवक भने फरार रहेका छन् ।
ओरकेष्ट्रा कार्यक्रममा खातुनलाई ममता नाम राखिएको थियो । उनी ममताको नामले परिचय गराउँछिन् ।
पक्राउ परेकी युवतीलाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
सार्वजनिक स्थानमा हुने गतिविधि तथा सामाजिक सञ्जालमा पोस्ट गरिने सामग्रीप्रति धनुषा प्रहरीले निगरानी बढाएको जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
आनन्द कनिष्क
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…