जनकपुरमा 'महादेव-महादेव' भनेपछि नेपाली काँग्रेसका ध्रुव झालाई कुटपिटको आरोप, एक पक्राउ, मुद्दा दिने तयारी
जनकपुरधाम उपमहानगरपालिकाको जिरोमाईलस्थित बेला पुलमा स्थानीय एक मुस्लिम समुदायका युवकसँग झगडा परेपछि कुटपिट गरेको आरोप उनले लगाएका छन् ।

२०८३ कार्तिक ८ आइतबार, बिहान ९:१७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा शनिबार बेलुकी पूर्व पत्रकार एवम् नेपाली काँग्रेसका कार्यकर्ता ध्रुव झामाथि सम्प्रादायिक मनसायले कुटपिट भएको आरोप लगाएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाको जिरोमाईलस्थित बेला पुलमा स्थानीय एक मुस्लिम समुदायका युवकसँग झगडा परेपछि कुटपिट गरेको आरोप उनले लगाएका छन् ।
एक भिडियो बनाउँदै झाले आफू जनकपुरमा महादेव महादेव भनेपछि सोही कारण कुटपिट गरेको आरोप लगाएका छन् । पूर्व पत्रकार रहेका झालाई जनकपुरमा महादेवको नामले पनि चिनिन्छन् । उनले महादेव महादेवको थेगो बनाएका छन् ।
शनिबार साँझ करिब ६ः३० बजेको समयमा जिरोमाईलस्थित चार्जिँगको लागि गएका ध्रुव झा र नेपाली काँग्रेसकै नगरसमितिकी प्रिया कर्णलाई जिस्काएको आरोप लगाएका छन् । स्कूटी चढेर जाँदै गर्दा लादोबेला बस्ने स्थानीय एक मौलबीका भतिजा भनिएका युवकले जिस्काएपछि कुटपिट भएको बताईएको छ ।
प्रिया कर्णलाई जिस्काएपछि ध्रुव झाले प्रतिकार गरेको बताईएको छ । झगडाको क्रममाा उनले 'महादेव महादेव' भनेपछि कुटपिट गरेको आरोप लगाएका छन् । उनले यो जनकपुरमा 'अल्लाह' को नाम लिनुपर्ने भनेर दबाब दिँदै कुटपिट गरेको आरोप भिडियो हालेर समेत लगाएका छन् ।
यद्यपी, यसको बारेमा जिल्ला प्रहरी कार्यालय धनुषाले भने हिन्दु मुस्लिमको कुनै विवाद नरहेको बताएको छ । जिल्ला प्रहरी प्रवक्ता ओम प्रकाश खनालका अनुसार सवारी साईडलाई लिएर झै झगडा भएको तथा सम्प्रदायिक कुरा नदेखिएको बताए । उनले आरोपितलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको बताएका छन् ।
यता, ध्रुव झा र प्रिया कर्णले भने सार्वजनिक स्थानमा जिस्काएको, कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिने तयारी गरेको बताएका छन् ।
ध्रुव झामाथि कुटपिटको विरोधमा हिन्दु सम्राट नेपालले समेत विज्ञप्ति जारी गरी कारवाहीको माग गरेको छ । सँस्थाले जनकपुर हिन्दुहरुको भूमि रहेकोमा महादेव महादेव भन्दैमा कुटपिट गर्नु अपराध भएको ठम्याउँदै कारवाहीको माग गरेको हो ।
ध्रुव झा यसअघि पक्राउ परेपछि उनलाई एक विशेष समुदायले प्रशँसा गरेको थियो । एक समुदायका केही व्यक्तिहरुले उनलाई व्यक्तिगत रुपमा लक्षित समेत गर्दै आएको बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…