जनकपुरमा मेला हेर्न गएकी बालिकालाई दुव्र्यवहार र ब्ल्याकमेल गरेको आरोपमा चार जना पक्राउ
प्रहरीले घटनामा प्रयोग भएको ज १२ प ७७७७ र मधेश प्रदेश ०२–०१ प २९०२ नम्बरका दुईवटा मोटरसाइकलसमेत बरामद गरेको छ

२०८३ कार्तिक ६ शुक्रबार, बेलुकी ७:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० मा बालिकालाई दुव्र्यवहार तथा ब्ल्याकमेल गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार असोज ४ गते राति करिब ८ बजे पैदल हिँडिरहेका एक युवक र एक बालिकालाई दुईवटा मोटरसाइकलमा आएका चार जनाको समूहले छेकी नियन्त्रणमा लिएको थियो । त्यसपछि उनीहरूले पीडितको भिडियो बनाई सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आरोपितहरूले पीडितका अभिभावकलाई फोन गरी धम्क्याउँदै मोबाइल बैंकिङमार्फत ६ हजार रुपैयाँसमेत स्थानान्तरण गर्न लगाएको आरोप छ । बालिकाको संवेदनशील अंगमा गलत मनसायले छोएको लगायतका गतिविधिसमेत खुलेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–२० का २३ वर्षीय सुकन महतो, २६ वर्षीय सन्तोष कुमार दास, २२ वर्षीय पनेश कुमार महतो र ३० वर्षीय सुजित महतो रहेका छन् ।
प्रहरीले घटनामा प्रयोग भएको ज १२ प ७७७७ र मधेश प्रदेश ०२–०१ प २९०२ नम्बरका दुईवटा मोटरसाइकलसमेत बरामद गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…