सिरहामा होटलको आवरणमा यौनधन्दा र ड्रग्स कारोबारको आरोप, अशोक यादव पक्राउ
प्रहरीले यादवलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखेको जनाएको छ ।

२०८३ कार्तिक १० मंगलबार, बिहान १०:१२ बजे१ मिनेट पढाइ
न्यूज ब्युरो, सिरहा । सिरहाको सिरहा नगरपालिका–१७ खैरटोका गाउँमा होटल सञ्चालनको आवरणमा लामो समयदेखि अवैध यौनधन्दा चलाएको तथा लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले अशोक यादवलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार यादवले आफ्नै होटलमा महिलाहरूलाई राखेर लामो समयदेखि अवैध यौनधन्दा सञ्चालन गर्दै आएको आरोप छ । उनीमाथि यौनधन्दासँगै लागूऔषधको कारोबारमा समेत संलग्न रहेको आरोप प्रहरीले लगाएको छ ।
प्रहरीले यादवलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखेको जनाएको छ ।
यादवमाथि लगाइएका आरोपबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । अनुसन्धानबाट प्राप्त तथ्य र प्रमाणका आधारमा घटनाको थप विवरण खुल्ने प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…