धनुषामा पुरिया बनाएर गाँजा बेच्दै आएका अब्दुल र रामललित पक्राउ, अनुसन्धान सुरु
दुवै घटनामा पक्राउ परेका व्यक्तिमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०८३ कार्तिक ९ सोमबार, बिहान ८:३८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा प्रहरीले लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गणेशमान चारनाथ नगरपालिका–९ बरमझियाका अब्दुल रहमान र जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठाका रामललित साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गणेशमान चारनाथ नगरपालिका–९ बरमझियामा बस्ने अन्दाजी ३२ वर्षीय अब्दुल रहमानले आफ्नो घरमा लागूऔषध गाँजाको स–साना पुडिया बनाई बिक्री वितरण गरिरहेको विशेष सूचनाका आधारमा प्रहरीले निगरानी गरेको थियो ।
सोही क्रममा इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा कागजको पोकामा बिक्रीका लागि तयार गरी राखिएका ५५ वटा पुडिया गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । गाँजासहित रहमानलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।
त्यस्तै, जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठाका अन्दाजी ३५ वर्षीय रामललित साहलाई पनि प्रहरीले लागूऔषध गाँजासहित नियन्त्रणमा लिएको छ । उनको साथबाट १४ वटा पोकामा राखिएको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
दुवै घटनामा पक्राउ परेका व्यक्तिमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…