जनकपुर प्रादेशिक अस्पतालमा नर्सले बच्चा चेन्ज गरेको आरोप, आमा र बच्चाको DNA टेष्टको तयारी
गएराती एक जनाको दुईवटा छोरा भएकोमा उनीहरुलाई जिम्मा लगाएर राती नै पठाईदिएको बताईएको छ ।
२०८३ कार्तिक ७ शनिबार, दिउँसो १:१२ बजे२ मिनेट पढाइ

न्यूज ब्युरो, जनकपुरधाम । पटक पटक विवादमा मुछिदैँ आएको जनकपुर प्रादेशिक अस्पताल पुनः विवादमा तानिएको छ ।
जनकपुर प्रादेशिक अस्पतालको बर्थिँग सेन्टरमा एक महिलाको बच्चा हेरफेर गरिदिएको आरोप लगाइएको छ । महोत्तरीको भँगहा कञ्चनवनकी २० बर्षिय सरिता सदाको बच्चा चेन्ज गरिएको आरोप लागेको छ ।
आज बिहान सरिताले छोरा जन्माएको बताएकी छन् । तर, उनलाई अस्पतालकी नर्सले छोरी भएको भनेर छोरी हातमा दिएको आरोप लागेको छ । सुत्केरी सरिताकी आमाले आफूलाई नाती भएको भनेर भनेपछि गोदीमा नातिनी दिएको आरोप लगाएकी छन् ।
नर्सहरुले बर्थिँग सेन्टरमा राखेको रिपोर्टमा छोरीमा टिक गरिएको छ भने अस्पतालको रजिष्टरमा छोरा भएको उल्लेख गरिएको छ । अनलाईन प्रणालीमा छोराको रेकर्ड देखाएको छ भने नर्सको कागजी रिपोर्टमा छोरी भएको रिपोर्ट उल्लेख गरिएको छ ।
छोरा भनेर गोदीमा छोरी दिएपछि हो हल्ला भएको बताईएको छ । छोरा चोरेर छोरी दिएको आरोप सुत्केरी सरिता परिवारको छ । उनीहरुले बिहानैदेखि बच्चा लिन मानिरहेका छैनन् । उनीहरुले भने अनुसार छोरा नदिएसम्म बच्चा नलिने अडानमा रहेका छन् ।
यता, अस्पतालकी नर्सले भने रिपोर्टमा छोरी नै उल्लेख रहेको बताएकी छन् । बर्षौदेखि बर्थिँग सेन्टरमा कार्यरत नर्सहरुले पहिलो पटक यस्तो भएको सुनाइन् । उनले सेन्टरको रिपोर्टमा छोरी नै भएको दाबी गरेकी हुन् । तर, हडबडको कारण रजिष्टरमा छोरा उल्लेख भएको दाबी गरेकी छन् । अनलाईन प्रणाली भएकोले रजिष्टर बमोजिम अपडेट भएको बताईएको छ ।
यता, नर्सहरुले भने सुत्केरी परिवारलाई बोन्ड साईन गर्न चुनौति दिएकी छन् । हामी दोषी भए कारवाही भोग्ने र यदि सुत्केरी परिवार झुठ बोले कारवाही हुनुपर्ने भन्ने कुरामा सुत्केरी परिवारले साईन गर्न नमानेको आरोप छ । उनीहरुले गलत ठहरिए आफूहरुको नोकरी जानुको साथै काननी कारवाही हुने बताउँदै सुत्केरी परिवारले झूठ बोलेर चरित्र हत्या गर्न खोजे गलत ठहर भएमा उनीहरुले पनि सोही बमोजिम कारवाही हुनुपर्ने बोन्डमा साईन नगरेको आरोप छ । नर्सहरुले बोन्ड साईन गर्न चुनौति दिएकी छन् ।
उनीहरुले रातभरि कामको प्रेसरको कारण कुनै बेला रिपोर्टमा भूलवंश छोरा उल्लेख भएकोमा उनीहरुले मुद्दा बनाएको आरोप छ ।
जानकारी अनुसार, सो वार्डमा ४ जना सुत्केरी रहेकोमा ४ वटै सुत्केरीको छोरी नै भएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाले समेत सोही रिपोर्ट जानकारी दिएको छ । सो वार्डमै ४ सुत्केरीलाई ४ छोरी भएको जनाएको छ । गएराती एक जनाको दुईवटा छोरा भएकोमा उनीहरुलाई जिम्मा लगाएर राती नै पठाईदिएको बताईएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, बच्चाको विवाद भएपछि शिशु र आमाको डिएनए चेकजाँच गरी भेरिफाई गर्ने प्रक्रिया अगाडी बढाईएको जानकारी दिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
एजेन्सी
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…