सिरहा ४ का बिरामीले केएमसी र नोबेल अस्पतालमा २० देखि ५०%सम्म छुट पाउने
उपचार खर्चका कारण स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्थालाई न्यूनीकरण गर्ने उद्देश्यले अस्पताल र नेपाली कांग्रेस सिरहा क्षेत्र नम्बर ४ तथा ४ 'क'को कार्यसमितिबीच स्वास्थ्य उपचारमा सहुलियत उपलब्ध गराउने सम्झौता भएको हो ।

२०८३ कार्तिक १७ मंगलबार, बिहान ९:४५ बजे१ मिनेट पढाइ
सिरहा । सिरहा क्षेत्र नम्बर ४ का सर्वसाधारण बिरामीले काठमाडौंस्थित काठमाडौं मेडिकल कलेज, भक्तपुरस्थित काठमाडौं मेडिकल कलेज र बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार गराउँदा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट सुविधा पाउने भएका छन् ।
उपचार खर्चका कारण स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्थालाई न्यूनीकरण गर्ने उद्देश्यले अस्पताल र नेपाली कांग्रेस सिरहा क्षेत्र नम्बर ४ तथा ४ 'क'को कार्यसमितिबीच स्वास्थ्य उपचारमा सहुलियत उपलब्ध गराउने सम्झौता भएको हो ।
अस्पतालका तर्फबाट प्रशासन प्रमुख नारायण दाहाल, जनसम्पर्क प्रमुख सुधा कट्टेल र नेपाली कांग्रेस सिरहा ४ का सभापति दीपेन्द्र कुमार यादव (धनेश्वर) तथा सिरहा ४ 'क'का सभापति रमेश प्रसाद न्यौपानेबीच भएको संयुक्त सम्झौताअनुसार सिफारिस गरिएका यस क्षेत्रका बिरामीले निःशुल्क ओपीडी सेवा पाउनेछन् ।
यस्तै, बिराटनगरको नोबेल मेडिकल कलेजमा भर्ना भई उपचार गराउँदा २० प्रतिशत, काठमाडौंको केएमसीमा उपचार गराउँदा २५ प्रतिशत र भक्तपुरको केएमसीमा उपचार गराउँदा ५० प्रतिशतसम्म बिरामीले छुट पाउने सभापति यादवले बताए ।
यसैगरी, यी अस्पतालमा सामान्य बेड, आईसीयू, एचडीयू, सीसीयू, शल्यक्रिया, प्रयोगशाला परीक्षण, सीटी स्क्यान, एमआरआई, एक्सरे, ईसीजी, फिजियोथेरापी, इन्डोस्कोपी, कोलोनोस्कोपी, दन्त उपचारलगायतका सेवामा २५ प्रतिशत छुट उपलब्ध हुनेछ । तर, औषधि, इम्प्लान्ट, सर्जिकल सामग्री, क्याबिन, आईभीएफ, प्लास्टिक तथा कस्मेटिक सर्जरी, न्युरो इन्टरभेन्सन र प्रत्यारोपण, क्याथल्याब सेवा तथा त्यसमा प्रयोग हुने सामग्रीमा भने छुट नहुने सम्झौतामा उल्लेख छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…