जसपा नेपालका पूर्व जिल्ला उपाध्यक्ष मण्डलले छाडे छत्ता, अब कता जाला ?
पार्टीको जिम्मेवारीमा रहँदा साथ, सहयोग, माया र विश्वास प्रदान गर्ने अग्रज नेता, सहकर्मी तथा शुभचिन्तकहरूप्रति उनले आभार व्यक्त गरेका छन् ।

२०८३ कार्तिक १७ मंगलबार, बिहान ११:५० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका धनुषा जिल्ला उपाध्यक्ष तथा समाजवादी युवा संघका पूर्व जिल्ला उपाध्यक्ष लक्ष्मण मण्डलले पार्टीबाट राजीनामा दिएका छन् ।
मण्डलले आजैदेखि लागू हुने गरी पार्टीका सम्पूर्ण जिम्मेवारीसहित साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत राजीनामा सार्वजनिक गर्दै उनले पद र जिम्मेवारीभन्दा आत्मसम्मान, स्वाभिमान र आफ्नो विचारलाई प्राथमिकता दिएर पार्टी छाड्ने निर्णय लिएको बताएका छन् ।
पार्टीको जिम्मेवारीमा रहँदा साथ, सहयोग, माया र विश्वास प्रदान गर्ने अग्रज नेता, सहकर्मी तथा शुभचिन्तकहरूप्रति उनले आभार व्यक्त गरेका छन् ।
आफ्नो निर्णयलाई सकारात्मक रूपमा बुझिदिन आग्रह गर्दै मण्डलले आगामी दिनमा पनि समाज र जनताको हितमा भूमिका निर्वाह गरिरहने बताएका छन् ।
उनले राजीनामाको घोषणासँगै ‘जय मधेश, जय नेपाल’ भन्दै पार्टीसँगको औपचारिक सम्बन्ध अन्त्य गरेका छन् ।
यद्यपि, मण्डलले राजीनामा दिनुको पछाडि कुनै विशेष राजनीतिक असन्तुष्टि वा घटनालाई कारणका रूपमा खुलाएका छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…