सामाजिक सञ्जालमा अश्लील शब्द प्रयोग गर्ने 'क्रिमिनल' भन्ने राजु यादव पक्राउ
प्रहरीले असोज २७ गते राति करिब ११ बजे पक्राउ गरी आवश्यक अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।

२०८३ असोज २८ बुधबार, राति ८:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सामाजिक सञ्जालमा अश्लील तथा आपत्तिजनक शब्द प्रयोग गरी समाजमा भ्रम फैलाएको आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–७ बनिनियाँ बस्ने २० वर्षीय क्रिमिलाल भनिने राजु यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा हिंसा फैलाउने उद्देश्यले विभिन्न व्यक्ति, समुदाय तथा संगठनको मर्यादामा आँच आउने गरी गालीगलौज गर्ने, आपत्तिजनक शब्द बोल्ने तथा धम्की दिने गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो ।
प्रहरीले असोज २७ गते राति करिब ११ बजे पक्राउ गरी आवश्यक अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा हिंसा फैलाउने, व्यक्तिको मानमर्दन गर्ने तथा आपत्तिजनक अभिव्यक्ति दिने कार्य नगर्न आग्रह गरेको छ । यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनबमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।













टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…