धेरै पटक नेताहरुले ठगे, यसपाली जनताले नेतालाई ठगे, एमाले अब सचेत छः मन्त्री दास
कार्यक्रममा नगर कमिटीका अध्यक्ष दीपेन्द्र यादव, जिल्ला सचिव दिप नारायण ठाकुर लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

२०८३ असोज २८ बुधबार, बेलुकी ७:०९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सरकारका खेलकूद तथा समाज कल्याण मन्त्री लखन दासले धेरै पटक यी नेताहरुले जनतालाई ठगेपछि यसपाली जनताले नै नेतालाई ठगेको बताएका छन् ।
नेकपा एमालेको वडा दशै, दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री दासले धनुषा निर्वाचन क्षेत्र नं. २ का एक नेतालाई लक्षित गर्दै जनतालाई ठग्दा यसपाली जनताले ठगेको बताए ।
एमालेको कमला नगरपालिका कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा दासले एमालेको बारेमा भ्रम छर्दा एमाले जनतामा जान नसक्दा यस्तो परिणाम आएको बताए । एमालेका साँसद समेत रहेका दासले नयाँ पार्टीहरु जनताविरोधी भएको, भ्रष्ट भएको भनिरहँदा त्यस भ्रमलाई चिर्न नसक्दा एमालेप्रति जनताको रिस बढेको बताए । समयमै जवाफ दिन नसक्दा तथा जनता माझ नजानुको परिणाम यस चुनावले सन्देश दिएको बताए ।
जेनजी आन्दोलनको जिकिर गर्दै मन्त्री दासले आन्दोलन किन, कसको ईसारामा र कसरी भएको कसैसँग नलुकेको बताउँदै कमला नगरपालिका एमालेको गढ भएपनि थोरै मत आउनु एमालेप्रतिको गद्दारी रहेको बताए ।
उनले चुनावको बेला नेता उमाशंकर अरगरियाको नोमिनेशनमा ७ हजार बढी एमाले कार्यकर्ताहरु गएकोमा मत मात्र १० हजार आउनु पार्टीभित्र गद्दारी भएको बताए । उनले त्यत्रो कार्यकर्तामा प्रत्येक घरबाट मात्र २ मत आएको भए १४ हजार मत आउने उसको आंकलन थियो । ३६४ दिन पार्टीप्रति ईमान्दार हुने नेता कार्यकर्ताहरु १ दिन चुनावको दिन बेइमानी गर्दा यस्तो परिणाम झेल्नुपरेको बताए ।
उमाशंकरसँग मेरो विवाद छैनः दास
नेता दासले नेकपा एमालेका प्रत्यासी साँसद उमाशंकर अरगरियासँग आफ्नो कुरा लगाएको भन्दै त्यस्तो केही विवाद नरहेको बताए । चौक चौराहामा लखन दास र उमाशंकरबीचको झगडाको कारण कम मत आएको दाबीप्रति दासले मिथ्या र निराधार भ्रम छरिएको बताए । उनले आफ्नो दलका नेताप्रति आफू सधैँ ईमान्दार रहेको दाबी गरे ।
आगामी स्थानीय तह निर्वाचनको लागि छुटेका नेता कार्यकर्ताहरुलाई जोडने अभियान यथाशिघ्र सँचालन गर्न उनले निर्देशन समेत दिए ।
कार्यक्रममा नगर कमिटीका अध्यक्ष दीपेन्द्र यादव, जिल्ला सचिव दिप नारायण ठाकुर लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।













टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…