सद्भावको सन्देश दिँदै गोलबजारका वडा अध्यक्ष अनवरले ३५ जनालाई बाँडे मिठाई र नगद
चाडपर्वको खुसी सबै समुदाय र परिवारसम्म पुर्याउने उद्देश्यले आर्थिक सहयोगसहित मिठाई वितरण गरिएको उनले बताए ।

२०८३ कार्तिक २३ सोमबार, बिहान ९:०३ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, सिरहा । दीपावली तथा छठपर्वको अवसरमा सिरहाको गोलबजार नगरपालिका–११ का वडा अध्यक्ष सोहेव अनवरले ३५ जना दलित, विपन्न परिवार तथा ज्येष्ठ नागरिकलाई नगद सहयोग र मिठाई वितरण गरेका छन् ।
गत साउन १४ गते गोलबजारमा दुई समुदायबीचको विवादले तोडफोड र आगजनीको घटना निम्त्याएपछि सामाजिक सद्भाव र आपसी मेलमिलाप कायम राख्ने उद्देश्यले सहयोग कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष अनवरले बताए ।
चाडपर्वको खुसी सबै समुदाय र परिवारसम्म पुर्याउने उद्देश्यले आर्थिक सहयोगसहित मिठाई वितरण गरिएको उनले बताए ।
‘दीपावलीमा सबैको घरमा दियो बलोस्, कसैको घर अँध्यारो नरहोस् र चाडपर्वमा सबैको मुहारमा खुसी छाओस् भन्ने हाम्रो चाहना हो,’ अनवरले भने ।
उनले चाडपर्व कुनै एक समुदायको मात्र नभई सबैको साझा उत्सव भएकाले आपसी विश्वास, सद्भाव र भाइचारा कायम राख्न सबैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।




















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…