उनीहरुको स्वार्थपूर्ति नभएपछि केही पार्टीका कार्यकर्ता पत्रकारले मेरो बारेमा भ्रम फैलाएः अधिकृत ठाकुर
समाजिक सँजालमा एक भिडियो पोष्ट गर्दै अधिकृत ठाकुरले केही कथित पत्रकारले भूमि प्रशासन कार्यालयमा गैर कानुनी कार्यको लागि फोर्स गर्दा अस्विकार गरेपछि मिथ्या भ्रम फैलाएको बताए । उनले आफूलाई कसैले पनि कार्यालयमा नथुनेको सुनाए ।

२०८३ कार्तिक २१ शनिबार, बिहान १०:३९ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मालपोत कार्यालय सिरहाका प्रमुख सुबोध कुमार ठाकुरले केही दलका कथित पत्रकारहरुको स्वार्थपूर्ति नभएपछि आफ्नो बारेमा गलत तथ्य तथा भ्रम फैलाएको बताएका छन् ।
विहिबार सिरहाका केही राजनीति पार्टीसँग आवद्ध पत्रकारहरुको मिडिया फेसबुक पेजमा भूमि प्रशासन सिरहाका प्रमुख ठाकुरलाई कार्यकक्षमै थुनिएको समाचार लेखेपछि ठाकुरले त्यस्तो केही नभएको प्रष्टयाएका छन् ।
समाजिक सँजालमा एक भिडियो पोष्ट गर्दै अधिकृत ठाकुरले केही कथित पत्रकारले भूमि प्रशासन कार्यालयमा गैर कानुनी कार्यको लागि फोर्स गर्दा अस्विकार गरेपछि मिथ्या भ्रम फैलाएको बताए । उनले आफूलाई कसैले पनि कार्यालयमा नथुनेको सुनाए ।
उनले भने,“मलाई कार्यालयमा थुनेको भए, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, अदालत सबै त उही छ । कतैबाट पता लगाए भैगो नी ? उनीहरुको आफ्नो स्वार्थ पूरा नभएपनि बदनाम गर्न खोजेको मात्रै हो ।”
सिरहाबाट सँचालनमा रहेको केही मिडियाको फेसबुक पेजमा अधिकृ ठाकुरको बारेमा थुनिएको समाचार प्रकाशित गरेको थियो । यद्यपी, त्यो तथ्य गलत र अफवाह मात्र भएको उनले खण्डन गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।




















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…