मधेश सरकारबाट नेकपाका चार मन्त्रीले दिए सामूहिक राजीनामा, समर्थनसमेत फिर्ता, सँकटमा कृष्णा
चार मन्त्रीको राजीनामा र समर्थन फिर्तासँगै मधेश प्रदेश सरकारको राजनीतिक समीकरणमा फेरबदल आएको छ । अब मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारको स्थायित्वमाथि प्रश्न उठेको छ ।

२०८३ कार्तिक २० शुक्रबार, बेलुकी ६:२९ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सरकारबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का चार जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।
राजीनामा दिनेमा अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटन मन्त्री कनिष पटेल, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री जवाहरलाल कुशवाहा र गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतो रहेका छन् ।
मुख्यमन्त्री कृष्णप्रसाद यादव काठमाडौंमा रहेकाले चारै मन्त्रीले ह्वाट्सएपमार्फत राजीनामापत्र पठाएका हुन् । राजनीतिक निकासका लागि सामूहिक राजीनामा दिएको उनीहरूले पत्रमा उल्लेख गरेका छन् ।
राजीनामा पत्रमा भनिएको छ, ‘राजनीतिक निकासका लागि हामी नेपाली कम्युनिस्ट पार्टीमा तपसिलका मन्त्रीहरूको सामूहिक राजीनामा पेस गर्दछौँ । यहाँले गर्नुभएको सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौँ ।’
यससँगै नेकपाले मधेश प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ । पार्टीले समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखसमक्ष बुझाएको छ ।
चार मन्त्रीको राजीनामा र समर्थन फिर्तासँगै मधेश प्रदेश सरकारको राजनीतिक समीकरणमा फेरबदल आएको छ । अब मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारको स्थायित्वमाथि प्रश्न उठेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।




















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…