जनकपुरको सुनैना आँखा अस्पतालद्धारा निःशुल्क आँखा शिविर, १२५ जनाको परीक्षण, २० जनामा मोतिबिन्दु
शिविरमा मोतिबिन्दुका बिरामी पहिचान हुनुका साथै दृष्टिदोषको समस्या पनि उल्लेख्य देखिनुले नियमित आँखा परीक्षणको आवश्यकता देखाएको छ ।
२०८३ कार्तिक १७ मंगलबार, बिहान ९:०८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको कदमचोकस्थित रहेको सुनैना आँखा अस्पतालद्धारा गरिएको निःशुल्क आँखा परीक्षण शिविरमा १२५ जनाको आँखा जाँच गरिएको छ । शिविरमा परीक्षण गरिएकामध्ये २० जनामा मोतिबिन्दुको समस्या पहिचान भएको छ भने ४० देखि ५० प्रतिशतमा दृष्टिदोषसम्बन्धी समस्या देखिएको छ ।
जनकपुर उद्योग वाणिज्य संघको आयोजना तथा सुनैना आँखा अस्पतालको समन्वयमा भएको निःशुल्क शिविरमा आँखा रोग विशेषज्ञ डा. रञ्जना ठाकुर र दृष्टि विशेषज्ञ डा. सुभाष यादवसहितको स्वास्थ्यकर्मी टोलीले शिविरमा सहभागीहरूको आँखा परीक्षण गरेको थियो ।

परीक्षणका क्रममा मोतिबिन्दुका अतिरिक्त दृष्टिदोष, आँखामा एलर्जी तथा भाइरल संक्रमणका केही बिरामीसमेत फेला परेका छन् । चिकित्सकहरूले बिरामीहरूको आँखाको अवस्था परीक्षण गरी आवश्यक परामर्श तथा उपचारसम्बन्धी सुझाव दिएका थिए ।
शिविरमा मोतिबिन्दुका बिरामी पहिचान हुनुका साथै दृष्टिदोषको समस्या पनि उल्लेख्य देखिनुले नियमित आँखा परीक्षणको आवश्यकता देखाएको छ ।
निःशुल्क स्वास्थ्य शिविरमार्फत सर्वसाधारणलाई सहज रूपमा आँखा परीक्षण सेवा उपलब्ध गराउनुका साथै सम्भावित जटिलता समयमै पहिचान गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
Aadarsh Singh
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…