धनुषाको सबैलामा बुहारीमाथि ससुराले गरे निर्घात कुटपिटसहित अभद्र व्यवहार, अस्पताल भर्ना
यो घटनाको बारेमा विस्तृत आउन बाँकी छ । ससुरा पक्ष भने सम्पर्कमा आउन चाहेनन् । अनिताको अहिले सबैला अस्पतालमा उपचार भईरहेको छ ।

२०८३ कार्तिक ११ बुधबार, बेलुकी ६:०३ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको सबैलामा एक महिलामाथि उनको ससुराले निर्घात कुटपिटको साथै अभद्र व्यवहार गरेको घटना बाहिरिएको छ ।
धनुषाको सबैला नगरपालिका वडा नं. ६ गोबिन्दपुर बस्ने दुर्गा ठाकुरले आफ्नी बुहारी अनिता ठाकुरमाथि निर्घात कुटपिटसहित अभद्र व्यवहार गरेको बताईएको छ । उनले आज अपरान्ह भिन्न बस्दै आएकी बुहारीको घरमा पसेर निर्घात कुटपिटको साथै अभद्र व्यवहार गरेको आरोप लगाईएको छ ।
श्रीमानले घरबाट भगाइएकी अनिता करिब ४ बर्षदेखि भिन्नै बस्दै आएकी हुन् । बारीमा एउटा गोठालोमा बस्दै आएकी अनिता देवीलाई उनका ससुरा दुर्गा ठाकुरले पटक पटक अभद्र व्यवहार तथा कुटपिट गर्दै आएको छिमेकीहरु बताउँछन ।
दुर्गाले गलत मानसिकताको साथ अनितासँग झै झगडा गर्दै पटक पटक कुटपिट गर्दै आएको आरोप छ । आज तिहारको सरसफाई गर्ने बेलामा अचानक अनितालाई बाँसको फाटाले ससुरा दुर्गा ठाकुर कुटपिट गर्नुको साथै शरिरमा हात समेत लगाएको आरोप छ । अनितालाई छाडेर श्रीमान अर्कै बिहे गरेको बताईएको छ । उनका श्रीमान रामदेव ठाकुर बहुविवाह गरी धनुषाको गोबराहीमा बस्दै आएको बताईएको छ ।
पीडित महिलाका अनुसार श्रीमानले समेत कुटपिट गरी घाईते बनाएको हो । यस सन्दर्भमा ईलाका प्रहरी कार्यालय सबैलाले भने पहिले उपचार गराउन सल्लाह दिँदै अनुसन्धान प्रक्रिया अगाडी बढाउने बताएको छ ।
यो घटनाको बारेमा विस्तृत आउन बाँकी छ । ससुरा पक्ष भने सम्पर्कमा आउन चाहेनन् । अनिताको अहिले सबैला अस्पतालमा उपचार भईरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…