दशैंमा पुरै जनकपुरधाम झिलिमिली, अँध्यारामै 'जानकी'
जानकी मन्दिर केवल धार्मिक स्थल मात्र नभई मिथिलाको इतिहास, संस्कृति र गौरवको प्रतीकसमेत भएकाले यसको संरक्षणमा भाषण र आश्वासनभन्दा प्रभावकारी काम आवश्यक रहेको सरोकारवालाहरूको जोड छ ।

२०८३ असोज २८ बुधबार, बिहान ८:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । दशैंको अवसरमा जनकपुरधामका चोक, सडक र बजार झिलिमिली बत्ती तथा सजावटले सिँगारिएका छन् । सहरमा चाडपर्वको रौनक बढिरहेका बेला मिथिलाको पहिचान र आस्थाको केन्द्र जानकी मन्दिर भने अँध्यारो रहेको छ ।
जनकपुरधामको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचानसँग जोडिएको जानकी मन्दिर दशैँमा सम्पूर्ण जनकपुर झिलिमिली हुँदा भने अँध्यारो भएको छ ।
विश्वभरका श्रद्धालुको आस्थाको केन्द्रका रूपमा रहेको जानकी मन्दिर जनकपुरधामको प्रमुख धार्मिक सम्पदा हो । दशैंजस्ता चाडपर्वमा सहरका विभिन्न स्थानमा सजावट र व्यवस्थापनमा ध्यान दिइए पनि मन्दिरको अवस्थाबारे युवाहरु समेत चुप लागेर बसेको देखिएको छ ।
जनकपुरधामको धार्मिक पर्यटन प्रवर्द्धन र सांस्कृतिक पहिचान जोगाउन जानकी मन्दिरको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने मागसमेत गरिएको छ ।
जानकी मन्दिर केवल धार्मिक स्थल मात्र नभई मिथिलाको इतिहास, संस्कृति र गौरवको प्रतीकसमेत भएकाले यसको संरक्षणमा भाषण र आश्वासनभन्दा प्रभावकारी काम आवश्यक रहेको सरोकारवालाहरूको जोड छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।













टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…