दशैँलाई मध्यनजर गर्दै धनुषाको सखुवा बजारमा भोलीदेखि तीनदिन लगातार ठुलो खसी बजार लाग्दै
भाकलको लागि अरियाँ खसीको माग बढेपछि ठुलो बजार लगाउने

२०८३ असोज २८ बुधबार, बिहान ८:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको ठुलो बजार मानिएको धनुषाको सखुवा (महेन्द्रनगर) बजारमा भोलीदेखि ठुलो खसी बजार लाग्ने भएको छ ।
दशैँमा खसीको माग बढने भएपछि सखुवा बजार व्यवस्थापन समितिले भोली विहिबारदेखि शनिबारसम्म लगातार तिन दिन ठृलो खसी बजार आयोजन गर्ने भएको छ ।
बजारका ठेकेदार एवम् व्यवस्थापक योगेन्द्र यादवका अनुसार, मन्दिरमा भाकलसहित मासुको लागि खसी बोकाको अभाव नहोस भन्दै तीनदिन लगातार ठुलो बजार लगाउने भएको हो ।
उनले असोज २९ विहिबार, असोज ३० शुक्रबार र असोज ३१ शनिबार गरी दिनदिन हजारौँको सँख्यामा खसी बोका ल्याएर बजार लगाउने तयारी भएको बताए । उनले धनुषाको विभिन्न स्थानसहित महोत्तरी सिरहाबाट समेत खसीको लागि सर्वसाधारण आउने गरेको बताए ।
भाकलको लागि अरियाँ खसीको माग बढेपछि ठुलो बजार लगाउने भएको हो । बजारमा बदिया खसी समेत पाइने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।













टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…