तिहारमा जुवातास खेल्न पाउनुपर्छ भन्दै जनकपुरमा धनुषाका प्रहरी SP विरुद्ध प्रदर्शन
यता, प्रहरीले भने जुवातास गैर कानुनी रहेको तथा आर्थिक नोक्सनीको कारण समेत भएकोले कानुन बमोजिम कारवाही थालिएको बताएको छ ।
२०८३ कार्तिक २४ मंगलबार, राति ८:३४ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । तिहारको बेला जनकपुरमा जुवा खेल्न पाउनुपर्छ भन्दै केही व्यक्तिहरुले आज साँझ प्रदर्शन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरबाट १९ जुवाडेलाई पक्राउ गरेपछि केही व्यक्तिहरुले उनीहरुको रिहाईको माग गर्दै जनकपुरको थापाचोकमा प्रदर्शन गरेको छ ।
तिहारमा थापाचोकस्थित रहेको कालाी होटलसहित विभिन्न स्थानबाट १९ जना जुवाडेलाई पक्राउ गरेपछि रिहाईको माग गर्दै जनकपुरमा प्रदर्शन गरिएको जनाइएको छ ।
तिहारमा साथीभाईसँग जुवातास खेल्ने परम्परा रहेको भन्दै एक व्यवसायीले साथीसँग तासतास खेलेपनि प्रहरीले पक्राउ गरेपछि त्यसको विरुद्धमा प्रदर्शन गरिएको हो ।
यता, प्रहरीले भने जुवातास गैर कानुनी रहेको तथा आर्थिक नोक्सनीको कारण समेत भएकोले कानुन बमोजिम कारवाही थालिएको बताएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
Aadarsh Singh
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।



















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…