आज सुदूरपश्चिमसँग भिड्दै जनकपुर, प्लेअफ सम्भावना जोगाउन जित्नैपर्ने दबाब
अंकतालिकाको समीकरणका हिसाबले पनि आजको खेल दुवै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ । जनकपुर समर्थकको नजर अब साँझ कीर्तिपुरमा हुने यो प्रतिस्पर्धामाथि रहनेछ ।
२०८३ कार्तिक २४ मंगलबार, बिहान ११:४६ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आज मंगलबार जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजेदेखि सुरु हुने खेलमा दुवै टोली जितको लक्ष्यसहित मैदानमा उत्रिनेछन् ।
प्रतियोगितामा पाँच खेल खेलेको सुदूरपश्चिम ३ जित र २ हारसहित ६ अंक जोडेर अंकतालिकाको तेस्रो स्थानमा छ । आजको खेल जित्न सके सुदूरपश्चिमको प्लेअफ यात्रा थप सहज बन्नेछ ।
यता, जनकपुर बोल्ट्स पाँच खेलबाट २ जित र ३ हारसहित ४ अंक जोडेर पाँचौँ स्थानमा छ । प्लेअफको सम्भावना कायम राख्न जनकपुरका लागि आजको खेल निकै महत्त्वपूर्ण रहेको छ ।
यसअघि प्रतियोगितामा उतारचढावपूर्ण प्रदर्शन गरेको जनकपुरलाई आज सुदूरपश्चिमविरुद्ध जित निकाल्दै अंकतालिकामा सुधार गर्ने अवसर छ । तर, सुदूरपश्चिमलाई रोक्न जनकपुरले ब्याटिङ र बलिङ दुवैमा सन्तुलित प्रदर्शन गर्नुपर्नेछ ।
अंकतालिकाको समीकरणका हिसाबले पनि आजको खेल दुवै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ । जनकपुर समर्थकको नजर अब साँझ कीर्तिपुरमा हुने यो प्रतिस्पर्धामाथि रहनेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
Aadarsh Singh
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।



















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…