बलिवुड अभिनेता टाइगर श्रॉफको गाडीमाथि गोली प्रहार, लोरेन्स बिश्नोई गैँगले लिए जिम्मेवारी
यसैबीच, सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा पोस्टमा लरेन्स बिश्नोई समूहसँग सम्बन्धित व्यक्तिहरूले घटनाको जिम्मेवारी लिएको दाबी गरेका छन् । तर, उक्त दाबीको आधिकारिकता र घटनामा समूहको संलग्नता प्रहरीले पुष्टि गरिसकेको छैन ।

२०८३ कार्तिक १ आइतबार, राति ९:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बलिउड अभिनेता टाइगर श्रॉफ सवार गाडीमाथि भारतको मुम्बईस्थित जुहू क्षेत्रमा गोली प्रहार भएको छ । आइतबार साँझ भएको घटनामा अभिनेता श्रॉफ सकुशल रहे पनि उनका चालकसहित अन्य व्यक्ति घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार श्रॉफ फुटबल खेलेर घर फर्किने क्रममा जुहूको पुष्पा पार्क क्षेत्रमा उनको बीएमडब्ल्यू गाडीलाई लक्षित गरी गोली प्रहार गरिएको थियो । घटनाका बेला उनलाई हेर्न प्रशंसकहरू पनि त्यहाँ भेला भएका थिए ।
घटनामा श्रॉफलाई कुनै गोली नलागेको र उनी सुरक्षित रहेको प्रहरीले जनाएको छ । उनका चालक घाइते भएपछि उपचारका लागि नानावती अस्पताल लगिएको बताइएको छ । घटनामा एक अटोचालकसमेत घाइते भएको विवरण सार्वजनिक भएको छ ।
घटनापछि मुम्बई प्रहरीले अनुसन्धान तीव्र बनाएको छ । घटनास्थलमा गोलीका खोका भेटिएको र आक्रमणकारीको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
यसैबीच, सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा पोस्टमा लरेन्स बिश्नोई समूहसँग सम्बन्धित व्यक्तिहरूले घटनाको जिम्मेवारी लिएको दाबी गरेका छन् । तर, उक्त दाबीको आधिकारिकता र घटनामा समूहको संलग्नता प्रहरीले पुष्टि गरिसकेको छैन ।
घटनापछि महाराष्ट्रको सुरक्षा व्यवस्थाबारे राजनीतिक बहससमेत सुरु भएको छ । प्रहरीले भने गोली प्रहारको कारण र संलग्न व्यक्तिहरू पहिचान गर्न अनुसन्धान जारी राखेको जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…