जनकपुरको राजदेवी मन्दिरमा ४ वटा ठेहा, एक मिनेटमा करिब ९० वटा बोकाबली हुँदै
महावीर युवा कमिटिका स्वयंमसेवकहरु मोटो रुपमा परिचालन गरिएको छ । यसका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीको समेत कडा निगरानी राखिएको छ । देशमा सबैभन्दा अधिक बोकाबली जनकपुरको राजदेवीमा हुँदै आएको छ ।

२०८३ कार्तिक १ आइतबार, राति ९:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको प्रसिद्ध राजेदेवी मन्दिरमा बोकाबली सुरु भएको छ । बोकाबली कार्यक्रम बेलुकी ८ः०० बजेदेखि नै सुरु भएको हो । ठेहा पूजन सम्पन्न भएपछि बोकाबली सुरु भएको हो ।
आयोजक महावीर युवा कमिटिका अनुसार, प्रति एक मिनेटमा करिब ९० वटा बोकाबली भईरहेको छ । राजदेवी मन्दिरमा बोकाबलीको लागि ४ वटा ठेहा राखिएको छ । गत बर्ष समेत ४ वटा ठेहा राखिएको थियो ।
महावीर युवा कमिटिका स्वयंमसेवकहरु मोटो रुपमा परिचालन गरिएको छ । यसका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीको समेत कडा निगरानी राखिएको छ । देशमा सबैभन्दा अधिक बोकाबली जनकपुरको राजदेवीमा हुँदै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…