जनकपुरको राजदेवीमा ठेहा पूजन सुरु, केही बेरमै बोकाबली सुरु हुने
प्रत्येक बर्ष ठेहा पूजनको शुभ साईत हेरेपछि सोही अनुसार ठेहा पूजन गरी मात्र बोकाबली सुरु हुने परम्परा रहेको छ । आयोजकले ७ः०० बजे भनिएपनि ठेहा पूजन नभएसम्म बोकाबली आरम्भ नहुने जनाईएको छ ।

२०८३ कार्तिक १ आइतबार, बेलुकी ७:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा ठेहा पूजन कार्यक्रम सुरु भएको छ । ठेहा पूजनपछि बोकाबली सुरु हुने जनाईएको छ ।
बेलुकी ७ः०० बजेदेखि सुरु हुने भनिएको बोकाबलीको लागि सबै तयारी पूरा भईसकेको आयोजक महावीर युवा कमिटिले जनाएको छ ।
प्रत्येक बर्ष ठेहा पूजनको शुभ साईत हेरेपछि सोही अनुसार ठेहा पूजन गरी मात्र बोकाबली सुरु हुने परम्परा रहेको छ । आयोजकले ७ः०० बजे भनिएपनि ठेहा पूजन नभएसम्म बोकाबली आरम्भ नहुने जनाईएको छ ।
राजदेवी मन्दिर, जनकपुरधाम
वर्षअनुसार बोकाबलीको संख्या
वर्ष | बलिको संख्या |
२०६५ | ११,१३४ |
२०६६ | १३,७१० |
२०६७ | १३,५५२ |
२०६८ | १२,५६१ |
२०६९ | १४,७५४ |
२०७० | १४,७२१ |
२०७१ | १५,४६१ |
२०७२ | १३,८०२ |
२०७३ | १४,६२७ |
२०७४ | १२,४४७ |
२०७५ | १४,९९७ |
२०७६ | १४,६३३ |
२०७७ | ११,३५६ |
२०७८ | १४,९४२ |
२०८० | १५,२८१ |
२०८१ | १४,३६६ |
२०८२ | १४,९०३ |
ठेहा पूजनको लागि शुभ साईत अनुसार सुरु गरिएको छ । ठेहा पूजन सम्पन्न भएपछि बोकाबलीको कार्यक्रम सुरु हुने जनाईएको छ । बोकाबलीको लागि राजदेवीमा ठुलो लाईन लागेको छ ।
यस बर्ष राजदेवीमा १५ हजारको हाराहारीमा बोकाबली हुने आयोजक महावीर युवा कमिटिको आँकलन छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…