जनकपुरः बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु, दुई जना घाइते, बस चालक पक्राउ
दुर्घटनापछि इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि पठाएको थियो । बसचालक धनुषाधाम नगरपालिका–२ निवासी करिब २२ वर्षीय नागेन्द्र महरा, बस र मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेका छन् ।

२०८३ कार्तिक २ सोमबार, बिहान ७:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको सबैला नगरपालिका–५ मखनाहामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
आइतबार साँझ करिब ६ः१० बजे धनुषाधाम–सबैला भित्री सडकखण्डमा सबैलाबाट धनुषाधामतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–०१ प ६४४९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना. ६ ख ९०३१ नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा धनुषाधाम नगरपालिका–७ निवासी करिब २० वर्षीय मोटरसाइकल चालक धिरज मण्डल गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याइएकोमा चिकित्सकले साँझ ७ः२० बजे मृत घोषणा गरेका थिए ।
मोटरसाइकलमा सवार मृतकका भाइ करिब १५–१६ वर्षीय निरज मण्डलको शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको र जनकपुरस्थित योगी ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, मोटरसाइकलमा सवार लक्ष्मीनियाँ गाउँपालिका–२ निवासी २० वर्षीय राकेश मण्डल पनि घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको र सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि पठाएको थियो । बसचालक धनुषाधाम नगरपालिका–२ निवासी करिब २२ वर्षीय नागेन्द्र महरा, बस र मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।













टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…