जनकनन्दिनीको न्यू लाईफ भिजन स्कूलद्धारा बाढी पीडितका लागि १ लाख २१ हजार सहयोग
विद्यार्थीहरुबाट १५ हजार र शिक्षक शिक्षिकाहरुबाट १ लाख ६ हजार रुपैयाँ संकलन

२०८३ असोज २९ बिहीबार, बिहान ९:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकनन्दिनी गाउँपालिकाको खजुरीमा रहेको न्यू लाईफ भिजन मावि स्कूलले बाढी पिडितका लागि १ लाख २१ हजार रुपैयाँ सहयोग गरेको छ ।
गत भदौमा गएको विनाशकारी बाढीबाट ठुलो जनधनको क्षति भएको थियो । सोही क्रममा न्यू लाईफ भिजन स्कूलले शिक्षकहरु तथा विद्यार्थीहरुबाट १ लाख २१ हजार रुपैयाँ सहयोग पठाएको हो ।

विद्यालयले प्रधानमन्त्री कोषमा १ लाख २१ हजार रुपैयाँ डिपोजिट गरेको विद्यालयका प्रिन्सीपल रवि यादवले जानकारी दिए । उनले कृषि विकास बैँक मार्फत प्रधानमन्त्री दैवी प्रकोपमा रकम पठाएको बताए ।
बाढी पीडितहरुको घाउमा मलहम लगाउन विद्यार्थीहरुबाट १५ हजार र शिक्षक शिक्षिकाहरुबाट १ लाख ६ हजार रुपैयाँ संकलन गरी पठाएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।













टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…