न्यूज ब्यूरो, जनकपुरधाम । रसुवामा आएको विनाशकारी बाढीले धेरै परिवारलाई उजाड बनायो । कतिपयले आफन्त गुमाए, कतिपयले शव पाए । तर अजय कुमार सिंहको परिवार भने अझै ‘उनी फर्किन्छन् कि’ भन्ने आशामै दिन काटिरहेको छ ।
२०८३ साल भदौ १० गते रसुवामा बाढी आएपछि अजय कुमार सिंह बेपत्ता भएका हुन् । बाढी आएको सोही दिनदेखि उनी परिवारको सम्पर्कमा छैनन् । ३५ दिन बितिसक्दा पनि उनको अवस्था पत्ता लाग्न सकेको छैन ।
अजयकी श्रीमती पूजा साहका लागि भने समय बित्दै जानु पीडामाथि पीडा थपिनुजस्तै भएको छ । तर उनले अझै श्रीमान् फर्किने आशा मारेकी छैनन् ।
बाढी आएको दिनदेखि अजयसँग सम्पर्क हुन सकेको छैन । परिवारले सम्भावित स्थानमा खोजी तथा सम्बन्धित निकायसँग समन्वयको प्रयास गर्दै आए पनि अहिलेसम्म उनको अवस्थाबारे कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन ।
‘उहाँको केही खबर आउँछ कि भनेर अझै पर्खिरहेकी छु,’ पूजाको आशा अझै टुटेको छैन । उनका लागि अजयको खोजी केवल एउटा बेपत्ता व्यक्तिको खोजी होइन, आफ्नो जीवनसाथीको प्रतीक्षा हो ।
रसुवाको बाढीपछि धेरै परिवारले आफ्ना आफन्तको अवस्था थाहा पाउन संघर्ष गरेका छन् । कसैले आफन्तको शव पाए, कसैले पहिचानको प्रतीक्षा गर्नुपर्यो । तर अजयको परिवार भने अझै उनी जीवितै फर्किने आशामा छ ।
दिन बित्दै गए पनि पूजाको प्रतीक्षा रोकिएको छैन । बाढीले अजयलाई कहाँ पुर्यायो भन्ने उत्तर न परिवारसँग छ, न अहिलेसम्म कुनै निकायबाट ठोस जवाफ आएको छ ।
बाढी आएकै दिनदेखि सम्पर्कविहिन भएका अजयको २ दिनपछि जिपिएस लोकेन ट्रेस भएको थियो । त्यसपछि उनको कुनै अत्तोपत्तो भएनन् ।
सम्पादकीयः एउटा शब्दको भूल, समाजमा ठूलो असर, संयमित बनौँ
- २०८३ असोज १८ आइतबार
पत्रकारिताको पहिलो धर्म सत्य हो । सत्यको खोजी, तथ्यको पुष्टि र जिम्मेवार प्रस्तुति पत्रकारिताका आधारभूत मान्यता हुन् । तर कहिलेकाहीँ हतार, अपूर्ण सूचना वा स्रोतको भनाइमा निर्भर हुँदा समाचारमा त्रुटि
पूरा पढ्नुहोस्






