रसुवाको बाढीमा १ हजार ३६७ जनाको शव भेटियो, अझै ५ हजार १३२ जना सम्पर्कविहीन

२०८३ भदौ २४ बुधबार
बेलुकी ५:१९ बजे
न्यूज ब्यूरो, डेस्क

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीको आज १५औँ दिनसम्म १ हजार ३६७ जनाको शव भेटिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा १७४, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२६ र नवलपरासी पश्चिममा २२२ जनाको शव भेटिएको हो । उपचारका क्रममा काठमाडौंमा थप २ जनाको मृत्यु भएको छ ।

भेटिएका शवमध्ये १०२ वटाको सनाखत गरी आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ ।

बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ६४६ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ३ हजार ६२८ जना रसुवा, नुवाकोट र धादिङका ३९ वटा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन् ।

प्राधिकरणका अनुसार अझै ५ हजार १३२ जना सम्पर्कविहीन छन् । तीमध्ये रसुवाका २ हजार ८६० र नुवाकोटका १ हजार ३९३ जना रहेका छन् । बाँकी सम्पर्कविहीनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न सरकारी निकायका कर्मचारी तथा अन्य जिल्लाका नागरिक रहेका छन् ।

प्राधिकरणले प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र पुनर्स्थापनाका कामलाई तीव्रता दिइरहेको जनाएको छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

झिटकहिया युवा संगठनले वडा स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्दै, प्रथम पुरस्कार ३५ हजार

  • २०८३ भदौ २४ बुधबार

न्युज ब्यूरो, जनकपुरधाम । झिटकहिया युवा संगठनले खेलकुदमार्फत युवाबीच एकता, मित्रता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले वडा स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘खेलले जोड्छ, युवाले भविष्य

पूरा पढ्नुहोस्

Bureau Menus