प्रदेश २ मा भेंडा कुस्ती (पलवानी), भारतका भेँडाहरु पनि सामेल
भेडा कुस्ती प्नेरतियोगितामा बिश्रामपुर,मिर्जापुर झलमहिया,भलुवहिया,र भारत को अरेराज सिकटा लगायत स्थानबाट १०० को सख्यामा भेडाहरु सामिल भएको थियो ।

२०७७ फागुन २७ बिहीबार, बेलुकी ५:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । प्रदेश नम्बर २ मा शिवरात्रीको अवसरमा भेँडा कुस्ती अर्थात भेँडाको पहलवानी लडाइएको छ ।
महाशिवरात्रीको अवसरमा विहिबार प्रदेश नम्बर २ को पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर १ मिर्जापुरमा भेडाको कुस्ती प्रतियोगिता समपन भएको छ।
प्रत्येक वर्ष भेँडा कुस्ती गर्दै आएको आयोजकले यसपाली पनि महाशिवरात्री मेलाको अवसरमा भेडा कुस्ती प्रतियोगीता गराएको हो । सो प्रतियोगितामा भेँडाहरुलाई कुस्ती लडाउने गरिन्छ ।
प्रतियोगीताको उदघाटन कार्यक्रम ईगरासन साह कलवारले गरेका थिए। भेडाको कुस्ती नेपाल भारतका भेडाहरु ल्याइएको थियो ।
भेडा कुस्ती प्नेरतियोगितामा बिश्रामपुर,मिर्जापुर झलमहिया,भलुवहिया,र भारत को अरेराज सिकटा लगायत स्थानबाट १०० को सख्यामा भेडाहरु सामिल भएको थियो ।
भेडा कुस्ती प्रतियोगितामा जितने भेडा साहुलाई १ हजार देखि १० हजार सम्म पुरस्कारको समेत व्यवस्था गरेको थियो । भेडा कुस्ती प्रतियोगितामा रामपुकार यादवले पुरस्कार बितरण गरेको थियो ।
भेंडा कुस्ती प्रतियोगितामा , हमानचल कुशवाहा, हिरालाल यादव,नरेस यादव ज्ञानेन्द्र उपाधयाय , अकलेश यादव,, भुटी यादव, सशस्त्र प्रहरी निरिक्षक कृष्णा अधिकारी,लगायत नेपाल भारतका दर्शकहरुको सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…