मधेश प्रदेश : सञ्चार ऐन विधेयक पारित

२०७९ असार २५ शनिबार
बिहान ०८:०५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रस्तुत गर्नुभएको विधेयक र अर्को संस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतले पारित भएको हो । 

बैठकमा दुवै विधेयक सर्वसम्मतले पारित भएको सभामुख सरोजकुमार यादवले घोषणा गर्नुभएको थियो । विधेयक पारित गर्न आवश्यक गणपुरक सङ्ख्या नरहेकाले विधेयक पारितको प्रस्ताव रोक्न प्रमुख प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले आवाज उठाएपछि सभामुख यादवको निर्देशनमा प्रदेशसभा सदस्यको गणना गरिएको थियो । 

मन्त्रालयगत विनियोजित बजेटमाथिको छलफल सकियो

मधेस प्रदेशसभाको बैठकमा प्रदेश सरकारको सबै मन्त्रालयका लागि विनियोजित बजेटमाथि दफावार छलफल सकिएको छ । आजको बैठकमा प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय, उद्योग पर्यटन तथा वन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागि विनियोजित बजेटमाथि दफावार छलफल भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिनुभयो । योसँगै प्रदेश सरकारको नौ वटै मन्त्रालयको विनियोजित बजेटमाथिको छलफल सकिएको सचिव यादवले बताउनुभयो ।

बैठकमा प्रदेशसभा सदस्यहरू परमेश्वर साह, किशोरी साह कमल, उपेन्द्र महतो, रानी शर्मा तिवारी, अभिराम शर्मा, डा रिना यादव, विन्देश्वर यादवलगायतले मन्त्रालयहरुको लागि विनियोजित बजेटलाई संशोधन गरी पारित गर्नुपर्नेमा जोड दिनुभयो ।   

मन्त्रालयगत बजेटको छलफल सकिएपछि भोलि दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेशसभा सदस्यबाट आएका प्रश्नहरुको जवाफ दिने र आवश्यक प्रक्रिया पुर्याएर आगामी आव २०७९/०८० को बजेट पारित हुने प्रदेशसभा सचिवालयका सचिव यादवले बताउनुभयो । 

प्रदेश सरकारका अर्थमन्त्री साहले गत असार १ गते प्रदेशसभा बैठकमा आगामी आव २०७९/०८० का लागि रु ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरको नैना हस्पिटलमा ८०० ग्रामको बच्चासहित आमालाई जोगाउन सफल

  • २०७९ असार २५ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको नैना अस्पतालले आठ सय ग्रामको बच्चासहित गर्भवती आमा जोगाउन सफल भएको छ ।  धनुषाको औरही गाउँपालिका वडा नम्बर ३ कपटौलकी २६ वर्षीया निर्माला कुमारी मण्डलले आठ

पूरा पढ्नुहोस्

Bureau Menus