निःशुल्क आँखा जाँच शिविरले धनुषाधामवासी हर्षित, जनप्रतिनीधिलाई प्रशँसा
शिविरमा सहभागीहरुलाई चश्मा,चेकजाँच ,शल्यक्रिया ,औषधी सहित सबै किसिमका समानहरु निःशुल्क दिदै आएको वडा अध्यक्ष महतोले बताए ।

२०७७ फागुन २१ शुक्रबार, बिहान ८:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाद्धारा आयोजना गरिएको तिन दिने निःशुल्क आँखा जाँच शिविरबाट धनुषामवासी लाभान्वित बनेको छ ।
धनुषाधाम नगरपालिकाको आयोजनामा वडा नम्बर ९ को धारापानी अस्पतालको नयाँ भवन र वडा नम्बर ५ को पर्वता स्कूलमा सम्पन्न भएको आँखा जाँच शिविरबाट सयौं नगरवासी लाभान्वित बनेको हो ।
सोही क्रममा फागुन २० गते विहिबार पर्वतामा गरिएको आँखा शिविरबाट सयौं व्यक्ति सेवा लिएका छन् । चौधरी आँखा अस्पताल लहानको प्राविधिक टोलीले नगरपालिकासँग सहकार्य गरी निःशुल्क रुपमा आँखा जाँच सहित औषधी र चश्मा समेत निःशुल्क दिएपछि जनप्रतिनीधिको प्रशँसा गरिएको छ ।
तीनदिने शिविर अन्तर्गत विहिबार जनता उच्च मा.वि. प्रीतपुर पर्वतामा निःशुल्क अँखा जाँच शिविरमा ४ सय ६४ जना बिरामी जाँच गरिएको थियो । जसमध्येबाट १ सय १ जना बिरामी मोतियाबिन्दु ठहर भएपछि शल्यक्रियाको लागि छनोट भएको वडाध्यक्ष ईन्द्र कुमार महतोले जानकारी दिए ।
नगरपालिकाको आर्थिक सहयोगमा जारी रहेको शिविर अन्तर्गत आज फागुन २१ गते शुक्रबार अन्तिम दिन धनुषाको धनुषाधाम स्थित रहेको स्वास्थ्य केन्द्रमा सँचालन गरिने भएको छ ।
मोतिया विन्दु भएका विरामीलाई निशुल्क शल्यक्रिया रहेको छ । “मानवको जिवनमा सब भन्दा पहिला आवश्यक आँखा हो त्यस अन्तरगत पहिलो प्राथमिकतामा राखी यो शिविर संचालन गरेका छौं”– प्रमुख बालेश्वर मण्डलले बताए ।
शिविरमा महिलाहरुको सहभागी हेरेर नगर उपप्रमुख बिध्यादेवी भुजेल खुसी व्यक्त गरिन् । “वास्तवमा यति रोगी पता लाग्दै छ । यदि निःशुल्क शिविर नभएको भए आर्थिक अभावमा पनि नगरवासीहरुको आँखा सम्बन्धी यस्तो रोग पत्तो लाग्ने थिएन । हामी यस्ता शिविरलाई निरन्तरता दिन्छौ”– उपमेयर भुजेल बताइन् ।
शिविरमा सहभागीहरुलाई चश्मा,चेकजाँच ,शल्यक्रिया ,औषधी सहित सबै किसिमका समानहरु निःशुल्क दिदै आएको वडा अध्यक्ष महतोले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…