नौसय विग्हा समाज सहयोग युवा समूहद्वारा सादा परिवारलाई ६ महिनाको राहत
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ५ नौसयविघा स्थित एक परिवारलाई ६ महिना पुग्ने गरी खाद्यान्न समाग्री वितरण गरेको हो । बुधबार नौसय विग्हा समाज सहयोग युवा समूहद्वारा धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर ५ नौसय विग्हामा बस्ने स्वर्गिय सुनिल सदाको श्रीमती लाई नौसय विघ

२०७७ फागुन २० बिहीबार, बिहान ९:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ५ नौसयविघा स्थित एक परिवारलाई ६ महिना पुग्ने गरी खाद्यान्न समाग्री वितरण गरेको हो ।
बुधबार नौसय विग्हा समाज सहयोग युवा समूहद्वारा धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर ५ नौसय विग्हामा बस्ने स्वर्गिय सुनिल सदाको श्रीमती लाई नौसय विघा समाजद्धारा सहयोग गरिएको हो।
“सेवा र सहयोग नै मानब धर्म हो” बाच्नु कुनै महत्त्वपूर्ण कुरा हैन तर बाचेर पनि अरुलाई बचाउनु त्यो नै सबै भन्दा महत्त्वपूर्ण कुरा हो युवा समुहका संयोजक बिजय मण्डलले बताए ।
वैदेशिक रोजगारमा रहेका युवाहरु सहयोग गरेका हुन। मलेसिया ,साउदी ,कतार, ओमन,कोरिया र भारत मा काम गर्ने स्थानीययुवाहरुले खाद्यन सामग्रीहरु ६ महिना सम्म चल्ने गरि नुन चामल,दाल,देखि साडी सम्म र पशुपनि बाख्रा २ ओटा नगदी आयश्रोत बढोस् भन्ने सोछ राखेर बितरण गरेका युवा समुहका सद्स्य बिन्दल यादवले बताए ।
वितरण कार्यक्रममा युवासमुहका सद्स्य बिन्दल यादव,समाजिक अगुवा एवं स्वास्थ्यकर्मी अरुण मण्डल युवा नेता शंकर यादव दिनेश मण्डल ,लगायत स्थानीय भद्रभलादमीको उपस्थिति रहेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…