४ सय ८८ परिवारलाई वडाध्यक्ष पटेलको ग्यास चुल्हा
बितरण कार्यक्रममा वडा समिति रामराज चौरसिया, कमलेश पासवान, राजेश प्रसाद कुर्मी, प्रभु पटेल, प्रेमचन्द्र पटेल, लगायतको सहभागिता रहेको थियो ।

२०७७ फागुन १९ बुधबार, बिहान ११:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । पर्साको कालिकामाई गाउँपालिका को वडा न ३ हरिहरपुर बिर्तामा आज ग्यास चुला बितरण गरिएको छ।
कालिकामाई गाउँपालिका को वाड नं ३ हरिहरपुर बिर्ता लाई धुवा मुक्त गर्ने उदेश्यका साथ् एक कार्यक्रमकाबीच वडाध्यक्ष संजय पटेलले १सय ४९ घर परिवारलाई ग्यास चुल्ला सेट बितरण गरेका छन।
वडाअधयक्ष पटेलको अभियान घर–घरमा ग्यास चुला पुर्याउने अभियान रहेको छ। वडाभरिको महिलाहरुलाई दाउरा लिन भाउतारन र चुलो फुकने दिन गएको धुवाबाट महिलाहरुलाई आँखामा समस्या देखिएकोले सोको मध्यनजर गरि वडाअधयक्ष पटेलले ग्यास चुला र ग्यास सलेन्डर वितरण गरेका छन् ।
स्थानिय निर्वाचनको सम्यमा हरिहरपुर बिर्ता लाई धुवा मुक्त बनाउन घरघर मा ग्यास चुला र ग्यास सलेन्डर बितरण गर्ने वाडअधयक्ष पटेलले गरेको प्रतिबद्धता लाई पुरा गरेर देखाएका छन।
यो भन्दा पहिला ३ सय ३९ वटा घर परिवार लाई बितरण भईसकेको र अहिले १ सय ४९ गरि अहिलो सम्म ४ सय ८८ वटा ग्यास चुला र ग्यास सिलिण्डर बितरण गरिएको छ।
बितरण कार्यक्रममा वडा समिति रामराज चौरसिया, कमलेश पासवान, राजेश प्रसाद कुर्मी, प्रभु पटेल, प्रेमचन्द्र पटेल, लगायतको सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…