प्रदेश २ः वडाध्यक्ष साहले चलाए गरिबको नीजि जग्गामा डोजर , माटोमा गाडीदिने धम्की
कुलो साविककै स्थानमा बर्षोदेखि रहिआएको र पंडितले आफनो भोगचलनमा रहेको रुखहरु आफैं ढालि म माथि भुठो आरोप लगाउदै आएको दाबी समेत गरे ।

२०७७ फागुन १२ बुधबार, बिहान १०:२१ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । प्रदेश नम्बर २ को सर्लाही जिल्ला स्थित एक वडाध्यक्षले एक गरिब दम्पतिको नीजि जमिन बलपूर्वक डोजर चलाएको छ ।
सर्लाहीको ईश्वपुर नगरपालिका वडा नम्बर ९ कलावती चौक निवासी रामअधार पंडित र सागरी देवी पंडितको नीजि जग्गामा वडाध्यक्ष अमिरी लाल साहले बलपूर्वक डोजर चलाएपछि विच्चली भएको छ ।
पैसा र पावरको आडमा वडाअध्यक्ष अमिरी लाल साहले पदको दुरुपयोग गर्दै गरिब रामअधार पंडितको ५२ फिट निजि जमिनमा बल पूर्वक डोजर प्रयोग गरी कुलो खन्नुको साथै भोग चलनमा रहेको ६.५ कठ्ठामा रहेको मकै २३ कठा, कर्माको बोट ९ थान, आँप ७, सिमल ३ सिसौं ३, बकाईन ५ र सपेता (मशला) को ४७ वटा बोट गरी अन्दाजी तिस लाख बराबरको रुख ढालिदिएका छन ।
पिडित दम्पती न्यायका लागि स्थानिय निकाय, राजनितिक दल, प्रहरी प्रशासन सबैको घरको ढोका ढक्कढकाए तर न्यायको लागि कोही अघि आएका छैनन्।
आम नागरिकहरु वडाअध्यक्ष अमिरी लाल साहको रवैयाका कारण आतंकित बनेका छन । गएको कार्तिक महिनामा गते अमिरी लाल साह कै नेतुत्वमा मुसहर युवकमाथि निर्वाध कुटपिट गरिएको थियो ।
कार्तिक १० गते स्थानिय मुसहर समुदायका १९ वर्षीय गोविन्द माझीराती चोर हो भनी पक्राउ गरि घरमा थुनियो, मँगलबार एका विहानै अशोक रुखमा हातखुट्टा बाँधी वडाअध्यक्ष अमिरी लाल साह लगायत व्यक्तिले मर्नासन्न हुने गरी कुटपिट गरेको थियो ।
“वडाअध्यक्ष अमिरीलाल साह गाउँले अमिन लिएर आए । मैले उहाँलाई भने अध्यक्ष ज्यू, हामी गाउँले अमिनलाई मान्दैनौ, हामीलाई अदालतको अमिन चाहियो या हामी रसिद कटाउछौं, हामीलाई गाविस को अमिन चाहियो । तर जत्ति भनेको बाजजुद उहाँ गाउँकै अमिन लिएर आएको पिडित रामअधार पंडित ले बताए । हामीसंग नै जमिन नाप्न लगाए । तर हामीले गाउँले अमिनलाई मानेनौं । हाम्रो सासु आमाको अचानक मृत्यू भयो । हाम्रो परिवार शोकमा डुब्यो, त्यसकै मौका छोपी हाम्रो लाखौंको रुखहरु ढालि आफन्तलाई काठ बाडिदियो ।” पीडितले भने ।
रोड छेउमा पुरानो नहर भएपनि बलप्रयोग गरी वडअध्यक्ष अमिरी लाल साह , वडासदस्य नागेन्द्र राय यादवले ५२ फिट निजि जमिनमा डोजर प्रयोग गरी कुलो खनिदिएको गुनासो गरे ।
न्यायका लागि तिन महिनासम्म सबै निकायमा गुहारेको बताउँदै त्यसपछि मेयर, उपमेयर, मन्त्री, राजनितिक दल, प्रहरी प्रशासन लगायत सबै ढोका ढक्कढकाउन पुगेपनि कहि कतैबाट सहयोग नपाएको र कोही न्यायको लागि अघि नआएको दुखेसो पोखे ।
अदालत प्रक्रियामा गएर मुद्दा लडने भनेपछिपनि वडाध्यक्ष साहले पीडित दम्पतिलाई तर्साउने गरेको आरोप लगाएको छ । वडाध्यक्ष साहले आफू बजारकै पैसाले मुद्दा लडने धम्काउँदै मुद्दा नहाल्न दबाब दिएको पनि बताइएको छ ।
जमिन कब्जा गरेर नै छाडने वडाअध्यक्ष अमिरी लाल साह, वडासदस्य नागेन्द्र राय यादवले धम्की दिने गरेको पीडित पँडित दम्पतिको आरोप छ । “हाम्रो जमिनमा डोजर प्रयोग गर्दा आफू डोजर समात्न जादाँ वडाअध्यक्ष र वडासदस्य ले यहाँबाट भाग्न, नत्र भने डोजरले डोजरले पुरिदिने भनी धम्की धर्कायो ।”
डोजर प्रयोग नगर्न जति रोए, चिच्याए, खुटा समेत समात्न पुगेपनि डोजर नरोकी हाम्रो निजि जमिनमा खुलो खनेको, लाखौंको रुखहरु ढालि आफनो घरमा लग्नुको साथै आफन्तलाई सदाव्रर्त झै बाँडेको बताईन ।
वडाअध्यक्षले बलप्रयोग गरी गरिबको निजि जमिनमा डोजर प्रयोग गरेको स्थानियवासी रामप्रकाश पंडितले समेत बताए । वडाअध्यक्षले रोड छेउमा भएको नहर भत्काई सत्ता र पावरको आडमा निजि जमिनमा नहर खनिदिएको बताए ।
न्यायको लागि पीडित दम्पतिले अदालतमा मुद्दा दायर गरेको छ । तर, वडाध्यक्ष पक्षधरले भने दुवै दम्पतिलाई निरन्तर मुद्दा फिर्ताको लागि धम्काएको आरोप लगाएको हो ।
तर मुद्दा अदालतमा गएका कारण अदालतले निर्णय गर्ने भएकाले आफू मिडियामा केही नबोल्ने वडाअध्यक्ष अमिरी लाल साहले बताए ।
कुलो साविककै स्थानमा बर्षोदेखि रहिआएको र पंडितले आफनो भोगचलनमा रहेको रुखहरु आफैं ढालि म माथि भुठो आरोप लगाउदै आएको दाबी समेत गरे ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…