जनकपुरः साढे २५ लाख रुपैयाँ सहित यादव र साह पक्राउ
प्रहरीले यादव र सो पसलका संचालक जिल्ला महोत्तरी लोहारपटृी नगरपालिका वडा नम्बर ५ घर भई जिल्ला धनुषा नगराईन नगरपालिका वडा नम्बर २ मा बस्ने वर्ष ३५ को संजय कुमार साहलाई पक्राउ गरी आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

२०७७ फागुन ११ मंगलबार, राति ९:१४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले २५ लाख ५० हजार रुपैयाँ सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
मँगलबार धनुषाको नगराईन नगरपालिकाको नगराईन चोकमा चेकजाँचको क्रममा श्रोत नखुलेको २५ लाख ५० हजार रुपैयाँ सहित भारतको बिहार राज्य मधुवनी जिल्ला बस्ने राजेन्द्र यादवको छोरा बर्ष २४ को सुमित कुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
मँगलबार बिहान करिब ११ बजेको समयमा भारतबाट मोटरसाईकलमा बोकेर ल्याउँदै गरेको सो रकम पक्राउ गरेको हो । नगराईन नगरपालिका वडा नम्बर २ जटही बोर्डरमा प्रहरीले चेकजाँच गर्दा मोटरसाईकल लिएर भागेपछि प्रहरीले पिछा गर्दै जाँदा २५ लाख ५० हजार रुपैयाँ पक्राउ गरेको हो ।

भारतबाट नेपाल आएको यादवले भारतीय गाडी नम्बर BR32AG5743 को अपाची मोटरसाईकललाई रोक्न खोज्दा सो मोटर साईकल चालकले नरोकी भागेकोमा सो मोटर साईकलको पिछा गर्दै जाने क्रममा उक्त मोटर साईकल नगराईन चोकमा रहेको ईस्लाम कवारीको घरमा कपडा तथा कस्मेटिक पसल समेत संचालन गरी बस्ने संजय कुमार साहको पसल अगाडी बाटोमा रोकेर बसेका थिए ।
प्रहरीलाई शंका नहोस भनेर उनले मोटरसाईकल सोही ठाउँमा लगाएर पसलमा गएर ब्याग सहित बसेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । त्यहाँ रहेको संजय कुमार साहको पसलमा गई पसल अगाडी कुर्सीमा व्याग सहित बसेको अवस्थामा मोटरसाईकल सहित पक्राउ गरेको हो ।
व्याग खानतलाशी गर्दा सो व्याग भित्रबाट रु.१०००।– को दरको नोट १०० थान भएको १६ बण्डल र रु.५००।– को दरको नोट १०० थान भएको १९ बण्डल गरी जम्मा नगद रु.२५,५०,०००।(पच्चिस लाख पचास हजार मात्र) फेला परेको हो ।
प्रहरीले यादव र सो पसलका संचालक जिल्ला महोत्तरी लोहारपटृी नगरपालिका वडा नम्बर ५ घर भई जिल्ला धनुषा नगराईन नगरपालिका वडा नम्बर २ मा बस्ने वर्ष ३५ को संजय कुमार साहलाई पक्राउ गरी आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…