एनआइसी एसियाको निशुल्क आँखा जांच शिविर सम्पन्न
सिरहा, ६ फागुन । सिरहाको सीतापुरमा सनिबार निशुल्क आँखा जाच शिविर सम्पन्न भएको छ। एन आइ सी एसिया बैंक लहान र सगरमाथा चौधरी आँखा अस्पतालको आयोजनामा आयोजित उक्त निशुल्कआँखा शिविरमा २४० जनाले चेक जाच गराई लाभान्वित भएका छन् । शिविरमा चेकजाच गराएका २४० जना मध्ये ७० जनामा मोतिबिन्दुका रोगि फेला परेको हुना

२०७४ फागुन ६ आइतबार, बिहान ९:११ बजे१ मिनेट पढाइ

सिरहा, ६ फागुन । सिरहाको सीतापुरमा सनिबार निशुल्क आँखा जाच शिविर सम्पन्न भएको छ। एन आइ सी एसिया बैंक लहान र सगरमाथा चौधरी आँखा अस्पतालको आयोजनामा आयोजित उक्त निशुल्कआँखा शिविरमा २४० जनाले चेक जाच गराई लाभान्वित भएका छन् ।
शिविरमा चेकजाच गराएका २४० जना मध्ये ७० जनामा मोतिबिन्दुका रोगि फेला परेको हुनाले फेला परेका ७० जना लाई एन आइ सी एसिया बैंक लहानले आफ्नो सामाजिक वित्तीय कोष बाट सोमबार सगरमाथा चौधरी आँखा अस्पतालमा निशुल्क सल्यक्रिया गराउने एन आइ सी एसिया बैंक लहानका म्यानेजर जितेन्द्र कुमार साहले जानकारी दिएका छन्।
एन आइ सी एसिया बैंक लहानले समय समयमा समाजलाई प्रत्यक्ष लाभ हुने विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आइरहेको हुँदा यस निशुल्क आँखा जाच शिविरले सितापुर वासीहरु निकै हर्षित देखिएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…