सशस्त्र प्रहरीद्धारा लाखौंको घडी पक्राउ
न्यूज ब्यूरो, रौतहट । सशस्त्र प्रहरीले लाखौंको घडी सहित एक जनालाई पक्राउ गरेको छ । रौतहटको ईशनाथ नगरपालिकाबाट अबैध भन्सार छलिका घडि र मोटरसाइकल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । सशस्त्र वल नेपाल विओपी रामपुरखापबाट खटि गएको सशस्त्र प्रहरी सहायक निरिक्षक विनोद बुढाथोकीको कमाण्डको ७ जनाको टोलील

२०७७ फागुन ६ बिहीबार, बिहान १०:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । सशस्त्र प्रहरीले लाखौंको घडी सहित एक जनालाई पक्राउ गरेको छ । रौतहटको ईशनाथ नगरपालिकाबाट अबैध भन्सार छलिका घडि र मोटरसाइकल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।
सशस्त्र वल नेपाल विओपी रामपुरखापबाट खटि गएको सशस्त्र प्रहरी सहायक निरिक्षक विनोद बुढाथोकीको कमाण्डको ७ जनाको टोलीले राडो घडी १४ थान , मोटरसाइकलसहित गौर नगरपालिकाको वडा नम्बर ५ पोखरिया बस्ने बर्ष १८ का निजामुन खान पक्राउ परेको प्रहरीले जनाएको छ ।
खानले ना ३९ प ६७८३ नम्बरको सुपर स्पेण्डर मोटरसाइकलमा राखी अन्दाजी २४ लाख ६३ हजार ३ सय मुल्य बराबरको राडो घडी र सवारी मोटरसाइकलको अन्दाजी मुल्य ८५ हजार गरि जम्मा २५ लाख ४८ हजार ३ सय बराबरको सामग्री सहित निज खानलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागी भन्सार बुझाउने प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…